अनलाईन ब्याकअप सिस्टम

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

अन्लाईन ब्याकअप जसलाई रिमोट बाकप, त्यस्तै मानेज बाकप सरभिस पनि भनिन्छ । हुन त बाहिरी मुलुकहरूमा धेरैनै पहिलेदेखि यसको प्रयोग हुँदै आएको भएता पनि नेपालको आइटी कम्पनीमा यसको प्रयोग ल्याउन सुरु गरेको छ । यो प्रबिधी भनेको कम्प्युटर प्रयोगकर्ताको डाटालाई ईन्टरनेटको माध्यमबाट कुनै अन्य ठाँउको कम्प्युटरमा संचित गरेर राख्नु भन्ने नै बुझिन्छ । पढ्दैजादा यो प्रबिधिको बिकास इन्टरनेटको जन्मसगै भएको भनेर लेखिएको पाइन्छ । हाल आएर त धेरै जसो वेबसाईट, कसैले फ्रीमा भने कसैले केही पैसा तिराएर यो सुबिध उपलब्ध गराएको पाईन्छ ।

मलाई लेख्न मन लगेको कुरा भने कहाँ र कसरी आफ्नो फाइल अथवा डाटालाई सुरक्षित साथ संचित गराउन सकिन्छ त ? आँफैले ब्याकअप नगरेर किन यस्तो प्रबिधी अपनाउने ? त्यस्तै, डाटा भनेको कम्प्युटरको एउटा यस्तो बस्तु हो जसलाइ जतिनै पैसा तिर्दासम्म पुन जस्ताको त्यस्तै फरकाउन अथवा पाउँन गाह्रो पर्ने हुन्छ । समस्या कहाँबाट सुरु हुन्छ भने तपाईं घरको कम्प्युटरको कुरा गर्नुहोस् अथवा अफिसको सर्भरको त्यो मेशिन हो बिग्रन सक्छ जसले गर्दा क्षति नहोस भन्नको लागि महत्वपूर्ण डाटाहरूलाइ बचाउन सोच्नै पर्ने हुन्छ । जसको समाधान कुनै तरीकाबाट हुन्छ भने त्यो भनेको अर्को प्रति अथवा कपी गरेर राख्ने तर राख्न त राख्ने के मा राख्ने ? यस्को लागि तपाईं सँग पेन ड्राइभ, डीभीडी रोम, टेप डिस्क अथवा हार्डड्राइभ नै प्रयोग गर्न सकिन्छ तर यि पनि राखेको ठाउमा बिग्रने साथै चोरि हुने अथवा प्रकृतिक बिपती जस्तै आगो, भुकम्प आदी आउँदा नष्ट हुने भएकोले कुनै अर्को ठाउमा लगेर स्टोर गर्नु पर्ने हुन्छ । जस्को लागि साधारण तरिकाबाट एकप्रती जहाँ कम्प्युटर छ त्यही राख्ने र अर्को प्रति बनाएर कुनै अन्य सुरक्षित ठाउँमा जसलाई अनलाइन र अफलाइन ब्याकप  भनिन्छ राख्ने । यसै क्रममा आन्य ठाउँको रूपमा इन्न्टरनेट छानियो र अनलाईन अथवा रिमोट ब्याकअपको प्रयोग भएको हो । तर यसो गर्नको लागि सिक्युरिटी (गोप्यताको विषयमा) मुख्य कुरा आउछ । कम्पनी भन्दा पनि त्यहा रहेका स्टाफ द्वारा अथवा अफिसको सुरक्षा प्रणाली नै यसको मुख्य द्वार बन्न सक्छ । अब यो त भए डाटा चोरी हुन सक्ने सम्भावना तर विश्वास गरीयो रे, गर्दा गर्दै चोरी भएमा के गर्ने ? बाहिरी देशको अनुसार त त्यहाँ कानुनी प्रावधान छ । जस अनुसार क्षतिपूर्तिको व्यवस्ता होला जहाँ कानुन नै छैन, त्यहाँ के हुन्छ ? चोरी नभए र त्यो कम्पनी चल्न नसकेर बन्द हुँदा अथवा विक्रि भएर अन्य व्यवस्थापकको हातमा पर्दा डाटा के हुन्छ ? त्यस्तै डाटा राखिएको ठाँउ बाट नेपाल सरकारले विद्युत आपुर्तिको गड्बडिले सम्पूर्ण फाइल उडेर वेबसाईट नचलेको भने जसरी नै उडेमा के हुन्छ ? यो सबै बुझेरमात्र ईन्टरनेट मा डाटा राख्दा उप्युक्त हुने देखिन्छ ।