काबुलबाट काठमाडौं ल्याइयो १२ शव

काठमाडौं-अफगानिस्तानको राजधानी काबुलमा भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव बुधवार काठमाडौं ल्याइएको छ ।
दिउँसो २:४० बजे नेपाल वायु सेवा निगमको विमानबाट शव ल्याइएको हो । मृतकहरुलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ । आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ ।
शव लिन गएको विमानले २४ जना मजदुरलाई समेत काठमाडौं ल्याएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...