नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिन-स्वीप !

डालास- अमेरिकामा जारी टी-२० सीरीजमा नेपालले क्लिन-स्वीप गरेको छ । भर्खरै सम्पन्न सीरीजको तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए । आसिफले टी-२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन् । त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए ।
त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
योसँगै नेपालले ३ खेलको सिरिज ३-० ले जितेको छ । नेपालको टी-२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो । नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग-२ को सिरिज खेल्ने छ ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...