हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले अष्ट्रेलियालाई हरायो

हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ । भरखरै सम्पन्न खेलमा नेपालले शक्तिशाली अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । आजको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १ सय ११ रन जोडेको थियो । १ सय १२ रनको विजय लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको अस्ट्रेलियाको टीम ६ ओभरमा एक सय रनमै अलआउट भयो ।
नेपालका कप्तान सन्दीप जोराले आजको खेलमा पनि उत्कृष्ट ब्याटिङ गरे । उनले १६ बलमा ५ चौका र चार छक्काको सहयोगले ५१ रन बनाउँदै रिटायर्ड हर्ट भए । अर्का ओपनर लोकेश बमले १३ बलमा ३३ रन बनाए भने विवेक यादवले ४ बलमा १२ रनको योगदान दिए ।
अस्ट्रेलियाका ज्याक उडले मात्र दुई विकेट लिन सफल भए ।
१ सय १२ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको अस्टे्रलियाको टीमलाई तेस्रो बलमै पहिलो झट्का लाग्यो । साम हिजलेट एक रनमै आउट भए । उनलाई प्रतिस जिसीले लोकेश बमको हातबाट क्याच आउट गराए । अर्का ओपनर ज्याक उडले १६ बलमा ५५ रनको इनिङ खेले पनि आफ्नो टीमलाई जिताउन सकेनन् । उनी अविजित रहे ।
अन्य खेलाडीहरुतर्फ डान क्रिष्चियनले ९ रन, एलेक्स रोजले १४ रन, फवाद अहमले ८ रन तथा एन्ड्रीउ फेकेटले ५ रन बनाए ।
नेपालका लागि प्रतिस जिसीले सर्वाधिक तीन विकेट लिए । उनले दुई ओभरको स्पेलमा २४ रन दिए । लोकेश बम र विवेक यादवले पनि एक एक विकेट लिए । यो जीतसंगै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले आफ्नो समुहका दुबै खेलमा जीत हासिल गर्दै महत्वपूर्ण चार अंक बटुलेको छ । अस्टे्रलियाको दुई अंक छ भने इङ्ल्याण्ड अंक बिहिन छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...