शिक्षान्तर कलेजलाई इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनशीपको काठमाडौं क्वालिफायर्सको उपाधि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको फाइनल खेलमा शिक्षान्तर कलेजले हिमालयन कलेजलाई सात रनले पराजित गरेको छ । शिक्षान्तरले टस जितेर पहिला ब्याटिङ गरेको उक्त खेलको निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९६ रन बनाएको थियो । शिक्षान्तरका लागि महेन्द्र विष्टले १७ बलमा ३१ रनको योगदान दिए भने सौरभ शाहले ११ बलमा १६ रन बनाए ।

हिमालयका लागि सुरज खड्काले एक ओभरमा चार रन दिँदै दुई विकेट लिए भने टेकम भण्डारीले दुई ओभरमा १९ रन दिँदै १ एक विकेट लिए । ९७ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको हिमालयले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ८९ रनमात्र बनाउन सफल भयो । यो टिमका लागि सुशान्त विष्टले ३० बलमा ४८ रन बनाए भने हिमांशु यादवले १९ बलमा २२ रनको योगदान दिए ।

बलिङतर्फ शिक्षान्तरका सोलुप चौधरीले दुई ओभरमा ८ रन खर्चेर २ विकेट लिए भने विवेक बस्नेतले दुई ओभरमा १७ रन दिँदै दुई विकेट लिए । प्रतियोगितामा दुई ओभरमा ८ रन दिँदै दुई विकेट लिन सफल सोलुप चौधरीले प्लेयर अफ द म्याचको उपाधि जिते ।