भ्यालेन्टाइन्स डेमा ‘मधुशाला गीत गजल’ मा धीरज राईको सांगीतिक प्रस्तुति

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स सप्ताह आगामी १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवारसम्म जारी रहने छ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डेको रुपमा मनाइने गरिन्छ । माया गर्नेहरुको दिनको रुपमा परिभाषित गरिएको यो दिन नेपालमा पनि विभिन्न रमाइला तथा मनोरुञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिन्छ ।
यसैबीच, दरबारमार्गमा रहेको मधुशाला गीत गजल लाउञ्ज एण्ड बारले पनि भ्यालेन्टाइन्स डेको अवसर पारेर एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । लोकप्रिय गायक धीरज राईले मधुशाला गीत गजलमा आफ्ना प्रेमिल गीतहरु प्रस्तुत गरेर उपस्थित मायालु जोडीहरुलाई मनोरञ्जन गराउने छन् ।
मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार मधुशालाको हाउस ब्याण्डसंगै गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नका तयारी थालिसकेका छन् । सोलो कन्सर्टमा गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खि रहेछु, कि बाँच्न देउसहितका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।
मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार ‘धीरज राईः भ्यालेन्टाइन्स अनप्लग्ड नाइट’ शीर्षक राखिएको उक्त विशेष कार्यक्रमलाई उद्घोषक सुशिल नेपालले सञ्चालन गर्नेछन् । इभेन्ट बेटर ग्यालेक्सीले व्यवस्थापन गर्ने उक्त कार्यक्रममा सहभागिता जनाउने मायालु जोडीहरुलाई मधुशाला गीत गजलले सरप्राइज गिफ्ट तथा विशेष छूटको समेत घोषणा गरेको छ ।
मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार भ्यालेन्टाइन्स डेका दिन मधुशालामा आउने जोडिहरुलाई केही सरप्राइ गेमहरु पनि खेलाइने छ । उक्त खेलमा विजयी हुने जोडिलाई विशेष उपहार प्रदान गरिनुका साथै विशेष छूटसमेत प्रदान गरिने छ ।
भ्यालेन्टाइन्स विशेष सांगीतिक कार्यक्रममा सहभागिता जनाउनका लागि रेष्टुराँले अहिलेदेखि टेबल बुकिङ खुल्ला गरेको जनाएको छ । १४ फेब्रुअरीको कार्यक्रममा सहभागिता जनाउनका लागि रेष्टुराँको फोन नम्बर 01-5918358 अथवा 9813253366 मा सम्पर्क गर्न सकिने छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...