भजन मार्फत माया छर्दै जेनिशा 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका गित लगाएत बिभिन्न विधामा आफ्ना प्रस्तुतिहरु सहित नेपाली गीत संगीतमा अनबरत लागि रहेकी गायिका जेनीशा गौतमले यस पटक भने भिन्न खालको सृजना भजन “माया छरिदेउ” लिएर आएकी छन् । बिल्कुल फरक शैलीको यो धार्मिक भावले ओतप्रोत गीतको म्युजिक भिडियो हालै एक कार्यक्रम बीच  सार्वजनिक गरिएको छ।
गत १९ फेब्रअरी साँझ सिड्नी स्थित गैर आवासीय नेपाली संघ (एनआएनए) अष्ट्रेलियाको कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच ठुलो संख्यामा गित संगीतलाई माया गर्नेहरु, एनआएनए अष्ट्रेलियाका पदाधिकारीहरु, समुदायका सदस्य एबं पदाधिकारीहरु र आफ्ना दुइ छोरी सहितको परिवार माझ जेनिशा गौतमला हर्षका साथ आफ्नो यो मेहनत सबैको सामु राखिन । कला संस्कृतिलाई अध्यात्म संग जोडेर प्रस्तुत गरिएको यस गीत (म्युजिक भिडियो) हेरेर सुनेर प्रतिकृया दिनुहुन पनि जेनिशाले आफ्ना सबै श्रोत र शुभचिन्तकहरु संग अनुरोध गरेकी छन्।
 जेनिशा ईन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा आएको यस गीतको रचना, संगीत र गायन जेनिशा गौतम आफैले गरेकी हुन् भने यसका निर्देशक टेकेन्द्र शाह र एरेञ्जर उदयराज पौड्यालको रहेको छ। गीतको म्यूजिक भिडियोमा जेनिशा आफै, बाल मुकुन्द तिमिल्सिना लगायतका अन्य कलाकारहरु भक्तिभाव सहित सृजनालाई जिबन्तता दिएको देख्न सकिन्छ। रिलिज भएको केहि दिनमै दर्शकहरु बाट पाएको मायाले आफु निक्कै उत्साहित भएको बताउदै जेनिशाले यसले भविष्यमा भिन्न भिन्न प्रस्तुतिहरु लिएर आउन आफु थप उत्साहित भएको द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा बताईन्।
म्युजिक भिडियोको लागि –