एनआरएनए कप फुटबल २७ अप्रिलमा  

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक दिने एनआरएनए कप फुटबल प्रतियोगिता हुदैछ। एनआरएनए अस्ट्रेलिया युथ कोअर्डिनेटर सुमन बोहोराका अनुसार खेलकुदको माध्यमबाट आपसी भाइचारा बढाउदै एनआरएनएको मूल धारमा धेरै भन्दा धेरै युवा बर्गलाई सहभागी गराउनु उदेश्यले बिगतका बर्षहरु मा जस्तै 6A Side One Day Tournament को आयोजना गरेको हो। फोर नेसन इन्टरनेसनल प्रमुख प्रायोजक रहेको यस प्रतियोगिता को टुर्नामेन्टलाई गोर्खा नेप्लिज कम्युनिटीले सपोर्ट गरेको छु।
रेडयलमेर स्थित खेल मैदान (35 South Street Rydalmere NSW  2116 ) मा हुदै गरेको उक्त प्रतियोगितामा सहभागी हुन अष्ट्रेलियामा रहेका सबै फुटबल खेल प्रेमी क्लब र संघ संस्थाहरु लाई एनआरएनए युथ फोरमले हार्दिक अनुरोध गरेको छ।
प्रतियोगतामा बिजेता टिमलाई कप प्रमण पत्र तथा नगद पुरुस्कारको व्यवस्था गरिएको छ।  जस अनुसार प्रथम टिमलाई चार हजार अस्ट्रेलियन डलर र दोश्रो टिमलाई दुइ हजार अस्ट्रेलियन डलर पुरुस्कारको राशी रहेको छ ।  खेल्न चाहने टिमहरु लाई रजिस्ट्रेसन फि दुइ सय डलर रखिएको छ भने प्रतियोगितामा दर्शकको रुपमा सहभागी भइ खेलाडीहरु र आयोजकलाई साथ सहयोग र मनोबल बढाई दिनु हुन पनि सम्पूर्ण नेपाली दाजु भाई दिदि बैनीहरु लाई उक्त दिन सपरिवार उपस्थिति भइ दिनु हुन एनआरएनए अस्ट्रेलिया युथ फोरमले हार्दिक अनुरोध गरेको छ।