एक्स्पर्टको सेवा अव ब्ल्याकटाउनबाट पनि 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट हुन चाहनेहरु लाई दुइ दशक देखि सेवा पुराउदै आएको एक्स्पर्ट एजुकेसन एबं भिजाले नेपालीहरु को बाक्लो बसोबास रहेको सिड्नीको पश्चिम क्षेत्र  ब्ल्याकटाउनमा हालै आफ्नो शाखा विस्तार गरेको छ । एक्स्पर्ट ग्रुपका तर्फबाट निर्देशक बद्रि अर्यालले नेपाली समुदायका सदस्यहरु र मिडियाका प्रतिनिधिहरु बिच (१४ अप्रिल) नेपाली नयाँ बर्षका दिन पारेर कार्यलयको सुभारम्भ सहित उदघाटन गरेका छन् । अर्यालले नेपाली बिद्यार्थीहरु को समेत बाक्लो उपस्थिति रहेको ब्ल्यक्टाउनमा क्षेत्रमा स्थानीय रुपमै सेवा पुराउने उदेश्यले ८७ औ शाखा रुपमा यो शाखा खुलेको बताए। यहाँ सम्मको यात्रामा समुदायले गरेको सहयोगको पनि अर्यालले प्रशंसा गरे ।  खुलेको नयाँ शाखाको सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक व्यक्तित्वहरु बिष्णु हमाल, महेन्द्र लम्साल एबं पत्रकार राजु मानन्धरले समुदाय संगको एक्स्पर्टको निरन्तरता र गुणस्तरीय सेवाको प्रसंशा गरेका थिए।
 एक्स्पर्ट एजुकेसन भिजा ब्ल्याकटाउनका तर्फबाट शाखाका निर्देशक सरोज प्रकाश शर्माले एक्स्पर्टको सेवा विस्तारका क्रममा अब ब्ल्यक्टाउन वरपर रहेका बिधार्थी र माइग्रेट हुन चाहनेहरुले आफ्नो समय मिलाएर बाल्यकटाउन अफिस बाटै सबै सेवा सुबिधा पाउन सकिने द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा बताए।  शर्माले अन्सोर ( अष्ट्रेलिया बाटै ) र अफ्सोर ( नेपाल वा अन्य देशबाट ) अध्यान र माइग्रेट हुन चाहने बिधार्थीहरु र बिधार्थीका आफन्तहरु ले यस शाखामा फोन इमेलको माध्यमले सम्पर्क गर्न सबैमा अनुरोध गरेका छन् । समुदायका सदस्य, पत्रकार एक्स्पर्ट संग जोडिएका बिधार्थीहरु सबैको बिगतमा जस्तै साथ सहयोग र सुझाब सल्लहाको पनि आफुले निरन्तरता पाउने आफुले अपेक्षा गरेको शर्माले बताए।
अष्ट्रेलियाका प्राय सबै शहरहरु, नेपालका प्रमुख शहरहरु, भारत, चिन, फिलिपिन्स, हंगकंग, भियतनाम लगाएतका देशहरु बाट एक्स्पर्ट एजुकेसन एबं भिजाले निरन्तर सक्रिय रुपमा सेवा पुराउदै आएको छ।