एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : भुषालले गरे कोषाध्यक्षमा उम्मेद्वारी घोषणा

सिड्नी– गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । विगत एक दशकदेखि अष्ट्रेलियाका विभिन्न राज्यमा रहेर आर्थिक व्यवस्थापनको पाटोमा अनुभव बटुलिरहेका भुषालले नेपाली समुदायका लागि केही नयाँ कार्यक्रम लागू गर्ने उदेश्यका साथ उम्मेद्वारी घोषणा गरेको बताए ।
लामो समयदेखि स्वयंसेवकको काम गरी समुदायको बीचमा लोकप्रियता हासिल गरेका भुसालले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन् । उनको उम्मेद्वावारीलाई एनआरएनए नर्दन टेरोटोरीका पूर्व तथा वर्तमान कार्यसमितिका सदस्यले स्वागत गरेका छन् । नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी तथा युथ को–अर्डिनिडेरमा अनुपम ढुंगाना बलियो दावेदारका रुपमा देखिएका छन् । नर्दन टेरीटोरी राज्यमा २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...