क्यानबेरामा आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रम सम्पन्न

क्यानबेरा, जुलाई ११, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको आयोजनामा तथा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सह–आयोजनामा २१२औं भानु जयन्तीको अवसरमा विशेष साहित्यिक साँझ भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रम Gungahlin स्थित The Chimney Restaurant मा आयोजना गरिएको थियो। साँझ ५:३० बजेबाट सुरु भई ९:३० बजेसम्म चलेको कार्यक्रममा करिब २० साहित्य प्रेमीहरूले आ–आफ्ना सिर्जनात्मक अभिव्यक्तिहरू प्रस्तुत गरे। प्रस्तुतिहरूले नेपाली भाषा, प्रवासी अनुभव, संस्कृतिप्रतिको माया र समसामयिक भावनालाई जीवन्त बनाएका थिए। कार्यक्रमको प्रमुख अतिथिका रूपमा महामहिम राजदूत चित्रलेखा यादवज्यूको सम्मानजनक उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता अनेसास क्यानबेराकी उपाध्यक्ष महत्ता घिमिरे चापागाईंले गर्नुभएको थियो। कार्यक्रममा सिड्नीबाट आएका विशेष अतिथि जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी र राहुल अर्यालले प्रस्तुत गरे। नयाँ पुस्ताबाट मानस्वी चापागाईंको प्रस्तुतिले दर्शकको ध्यान विशेष रूपमा तानेको थियो। उनले आफ्ना हजुरबुवा, कवि भवानी घिमिरेको कविता बाचन गर्दै कार्यक्रमलाई भावनात्मक र पुस्तान्तरगत चेतनाले सुशोभित गरिन्। यसले नयाँ पुस्ताको सहभागिता र नेपाली साहित्यसँगको सम्बन्धलाई सशक्त रूपमा प्रस्तुत गर्यो।
कार्यक्रमकै अवसरमा अनेसास क्यानबेराको नयाँ कार्यसमिति पनि गठन भएको घोषणा गरियो। संस्थापक अध्यक्ष सकुन्तला देवकोटा ज्यूले ११ जनाको नाम घोषणा गर्नु भयो। महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अन्य पदाधिकारीहरु मा उपाध्यक्ष: काशि भुसाल, महासचिव: गोमा उप्रेती, सचिव: आस्मा बुढाथोकी, कोषाध्यक्ष: कमला गिरी, सदस्यहरू: मनोज रेग्मी, शान्ती ढकाल, तुल्सा पाण्डे, बिक्रम शर्मा, प्रकाश सापकोटा, सबिना भट्ट हुनुहुन्छ । नव निर्वाचित अध्यक्ष महत्ता घिमिरेले नयॅा समितिको घोषणा लगतै सबै सदस्यहरूको भावना, सुझाव र विचारलाई सम्मान गर्दै संस्थालाई सशक्त, समावेशी र सक्रिय बनाउँदै लैजाने र साहित्यिक गतिविधिहरू गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो ।
कार्यक्रममा वाचकहरू -जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी, राहुल अर्याल, तुल्सा पाण्डे, रमेश्वर पौडेल, सुलभ डंगोल, मनोज रेग्मी, गोमा उप्रेती, रामचन्द्र घिमिरे, शान्ती ढकाल, मदन आर. सिग्देल, अशोक ढकाल, यज्ञ अधिकारी, मानश्वी चापागाईं भानुभक्त रामायणका श्लोकहरू, समसामयिक कविता, प्रवासी अनुभूतिहरू र सांगीतिक प्रस्तुतीहरू मार्फत साहित्यिक चेतनाको भावपूर्ण प्रवाह देखिएर कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...