संसदको अवरोध खोल्न कार्यदल

काठमाडौं— व्यवस्थापिका संसदको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष नेताहरुबिच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख अनुदान दिनुपर्ने माग दोहोर्याएको थियो । सत्तापक्षले भने पुनर्निर्माण प्राधिकरण निर्देशका तथा दातृनिकायसंग गरिएको सम्झौता अनुसार एकमुष्ट अनुदान दिन नमिल्ने अडान राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री भीमरावल, एमाले नेता सुवासचन्द्र नेम्वाङ्ग, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला आदि सहभागी थिए ।
शीर्ष तहमा भएको छलफल बिना निष्कर्ष टुंगिएपछि संसदको अवरोध खोल्न सत्तापक्ष र विपक्षी दल सम्मेलित कार्यदल गठन गरिएको छ । कार्यदलमा सत्ता पक्षबाट उपप्रधानमन्त्री भीम रावल, एमाले नेता सुवासचन्द्र नेम्वाङ्ग, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र राप्रपा नेपालका दिलनाथ गिरी छन् भने कांग्रेसबाट कृष्णप्रसाद सिटौला, चीनकाजी श्रेष्ठ र प्रकाशशरण महत छन् ।
यसअघि कांग्रेसको अवरोधका कारण संसद बैठक सोमबार पनि स्थगित भएको थियो । बैठक सुरु हुनासाथ कांग्रेस सांसद डा. रामशरण महतले भूकम्प पीडितलाई दुई लाख रुपैयाँ अनुदान एकमुष्ट नदिएसम्म संसद बैठक चल्न नसक्ने कांग्रेसको अडान दोहोर्याएका थिए । सभामुख ओनसरी घर्तीले संसद बैठक आज मंगलबार दिउँसो साढे ३ बजेसम्मका लागि स्थगित गरेपनि दलहरुबिच सहमति नजुटेपछि सूचना टाँसेर बैठक मंगलबार दिउँसोसम्मका लागि सरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...