नर्थ-वेस्ट नेप्लिज कम्युनिटिले २२ अगस्तमा तीज धमाका गर्दै 

माधवी अर्यालको बिशेष प्रस्तुति रहने यस कार्यक्रममा सहभागिताका  लागि सबैमा अनुरोध 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया~
सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरु बिगतमा जस्तै यस पटक पनि नेपाली चाडहरु र अन्य संस्कृतिक महत्वका पर्बहरु मनाउन जुट्दै छन् । यस क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नर्थवेस्ट नेप्लिज कम्युनिटिले BK Leinding Solutions को मुख्य प्रयोजनमा, अन्य ब्यपारिक संघ संस्था र सामाजिक संघ संस्थाको प्रयोजन एबं सहकार्यमा हिन्दु नारीहरु को महान चाड हरितालिका तीजमा सबै दिदि बैनीहरुलाई माइतीको झल्को र नियास्रो मेटाउदै  तीज धमाका २०८२ कार्यक्रमको आयोजना गर्दैछ ।  पारिबारिक बाताबरणमा हुने  उक्त कार्यक्रममा लोकप्रिय गायिका मधाबी अर्यालको धमकादार प्रस्तुति रहनेछ । कार्यक्रम यहि अगस्त २२ शुक्रबारको साँझ ५ बजे देखि १० बजे सम्म  Harvey Lowe Pavilion Doran Drive castele Hill 2154  मा हुदैछ । कार्यक्रममा स्थानिय कलाकारहरु को लोकप्रिय प्रस्तुति, साना बाबु-नानिहरु को बिबिध प्रस्तुतिहरु, चेलीहरु को एकल एबं सामुहिक नृत्यहरु र तीज दोहोरि सहितको प्रस्तुतिहरु ले  हामी सबैलाई पक्कै हाम्रो गाउँ घर र तिजको सम्झना गराउनेछ। नेपाली खाना (तीजको दर) र भरपुर मनोरन्जन सहितको यो कार्यक्रममा सहभागिताको लागि आयोजक  नर्थवेस्ट नेप्लिज कम्युनिटिले सबैमा अनुरोध गरेको छ ।  कार्यक्रममा सहभागिताको लागि प्रवेश शुल्क ४० डलर तोकिएको छ भने, अष्ट्रेलिया रहनु भएका अभिभाबकहरु र ५ बर्ष माथिका साना बाबु नानिहरु का लागि २५ डलर रहेको छ।
कार्यक्रम सम्बन्धि जिज्ञासा, टिकट एबम सहभागिता लागएत जानकारीका लागि विकेन्द्र अधिकारी- 0407 046 548, बाबु बगाले- 0426 786 543, सुबास ज्ञवाली- 0411 212 093  र अभिषेक पौडेल- 0437 861 654 लाई सम्पर्क गर्न पनि आयोजक सँस्थले अनुरोध गरेको छ।