तीज महोत्सव २०२५ हुदै 

पुजा, शिब आराधना सहितको उक्त कार्यक्रममा कलाकारहरु मधाबी अर्याल र निता ढुंगानाको बिशेष प्रस्तुति रहनेछ। 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया~
हिन्दु नारीहरुको महान पर्ब तीज नजिकिदै गर्दा परदेशमा बिबिध कार्यक्रम आयोजना भएका छन् । यहि मध्ये तीज कै दिन पारेर नेपाली हिन्दु समाज अष्ट्रेलियाले “तीज महोत्सव २०२५” को आयोजना गर्दैछ । २६ अगस्त मंगलबार तीज पर्वकै दिन पारि वरउड पार्कमा ऐतिहासिक तीज महोत्सव हुन लागेको  नेपाली हिन्दु समाज अष्ट्रेलियाकी अध्यक्ष लक्ष्मि बस्ताकोटीले बताएकी छन्।
समस्त नेपालीहरु को आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरबाट निक्कै टाढा रहेर पनि भक्तजन र ब्रातालुहरु लाई पशुपतिमै पूजा गरे जस्तो महशूस गराउने हेतुले वरउड पार्कमा पशुपतिनाथको मूर्ति प्रतिस्थापना गरी पूजा गर्ने अबसर प्रदान गर्न लागिएको छ ।  बिहान १० बजेदेखी राती ८ बजेसम्म श्रद्दालु भक्तजनहरु का लागि पूजा आराधना, मेला तथा सांगीतिक मनोरन्जनात्मक तीजमय कार्यक्रमको आयोजना गरिएको कुरा सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको संयोजन उषा किरण बारियाले बताईन ।
तीज महोत्सवमा वैदिक पूजा र पशुपतिनाथ गंगा आरति ब्यवस्थापनको निमित्त नेपालका सबै जिल्लाहरुमा शिव साधना गरि संसारकै अग्लो शिव त्रिशूल निर्माण एवं कोटिहोम गरि कालाग्नि रुद्र पिठ लड्केश्वर धामको कृपा प्रसाद सहित पीठाधीश शिवसाधक गुरु मुकुन्द शर्मा  नेपालबाट सिड्नी आईसक्नुभएको आयोजकले जनाएको छ ।
भक्तजनहरुलाई सहजता होस भनि शिवको पुजाका निमित्त आवस्यक फलफुल, पुष्प, वेलपत्र, दुध, सौभाग्य साथै अन्य पूजा सामाग्रीहरु समेत कार्यक्रम स्थलमा उपलब्ध हुनेछ । यसै गरि विद्वत गुरुहरुबाट बिहान ९:३० बजेबाट शिव पूजा सुरु भइ गौदान,रुद्राभिषेक, शिव अर्चना, ब्रतपुजा, मध्यान्ह आरती, विविध सांस्कृतिक कार्यक्रमहरु गरि साँझको आरती पछी महोत्सव समापन हुनेछ ।
शिव आराधना चल्दै गर्दा दिउसो १ बजेदेखी  तीज बिशेष सांस्कृतिक कार्यक्रम पनि सन्चालन हुनेछ । नेपालबाट आउनु भएका लोकप्रिय कलाकारहरु  मधाबी अर्याल र निता ढुंगाना तथा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुती, नेपालका विभिन्न समुदायमा हुने शाकाहारी परिकारहरु, आकर्षक उपहार सहित लक्कि ड्र एवं साँझमा फायरवर्क्स (आतासवादी) समेत महोत्सवका मुख्य आकर्षण रहने नेपाली हिन्दु समाज अष्ट्रेलिया परिवारले जनाएको छ।  कार्यक्रममा सहभागिताको लागि सबै नेपालीजनमा आयोजक नेपाली हिन्दु समाज अष्ट्रेलियाले हार्दिक अनुरोध गरेको छ।