नर्थ-वेस्ट नेप्लिज कम्युनिटिले १२ सेप्टेम्बरमा  तीज धमाका गर्दै 

अर्जुन सापकोटा र निशा के सी को बिशेष प्रस्तुति रहने
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया |
सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका बर्षहरु जस्तै यस पटकको तीज पनि बिशेष कार्यक्रम सहित मनाउदै छन् । यस क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नर्थवेस्ट नेप्ल्जिज कम्युनिटिले यो सालको तीजमा नेपालका ख्याती प्राप्त कलाकारहरु अर्जुन सापकोटा र निशा के सी को बिशेष प्रस्तुति सहित सबै दिदि बैनीहरु लाई माइतीको झल्को र नियास्रो मेटाउन  तीज धमाका २०८३ को आयोजना गर्दैछ । कार्यक्रम Aussie Finance and Home Loans संगको सहआयोजना र यहाँ रहेका बिभिन्न मनकारी ब्यापारिक संघ संस्थाको प्रयोजनमा आयोजना हुदैछ ।  पारिबारिक बाताबरणमा हुने  उक्त कार्यक्रममा लोकप्रिय गायाक-गायिकाहरु को बेजोड प्रस्तुति रहनेछ।  कार्यक्रम यहि १२ सेप्टेम्बर शनिबारको साँझ ५ बजे देखि १० बजे सम्म  Harvey Lowe Pavilion Doran Drive castele Hill 2154  मा हुदैछ । कार्यक्रममा स्थानिय कलाकारहरुको लोकप्रिय प्रस्तुति, साना बाबु-नानिहरु को बिबिध प्रस्तुतिहरु, चेलीहरु को एकल एबं सामुहिक नृत्यहरु ले  हामी सबैलाई पक्कै हाम्रो गाउँ घर र तिजको सम्झना गराउनेछ। नेपाली खाना (तीजको दर), फोटोग्राफी र भरपुर मनोरन्जन सहितको यो कार्यक्रममा सहभागिताको लागि आयोजक  नर्थवेस्ट नेप्ल्जिज कम्युनिटिले सबैमा अनुरोध गरेको छ ।  कार्यक्रममा सहभागिताको लागि प्रवेश शुल्क ४५ डलर तोकिएको छ भने, अष्ट्रेलिया रहनु भएका अभिभाबकहरु र ५ देखि १२ बर्ष सम्मका  बाबु नानिहरु का लागि २५ डलर रहेको छ।
टिकट पोस्टरमा रहेको क्युआर कोड स्क्यान वा आयोजक टिमका सदस्य संग सम्पर्क गरेर लिन सकिन्छ ।
कार्यक्रम सम्बन्धि जिज्ञासा, टिकट एबम सहभागिता लागएत कुनै पनि जानकारीका लागि कार्यक्रम संयोजक अभिषेक पौडेल लाई  0437 861 654 सम्पर्क गर्न पनि आयोजक सँस्थले अनुरोध गरेको छ।