मानवसेवा आश्रमका अतिथिहरूसँग सिड्नीमा विशेष कार्यक्रम हुँदै
‘सडक मानवमुक्त नेपाल’ अभियानबारे अष्ट्रेलियामा सचेतना, सहकार्य र सहयोग जुटाउने उद्देश्य

सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको उद्धार, संरक्षण, उपचार तथा पुनःस्थापनाको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमको सहयोगार्थ अष्ट्रेलियाका विभिन्न शहरमा विशेष भेटघाट तथा च्यारिटी कार्यक्रमहरू आयोजना गरिएको छ। यसै क्रममा सिड्नीमा आगामी ३ अक्टोबर २०२६, शनिबार विशेष कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम अर्बनस्थित Grand Palace, 12/219 Parramatta Road, Auburn NSW मा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
मानवसेवा आश्रमका संस्थापक तथा अध्यक्ष रामजी अधिकारी यतिबेला आफ्ना सहकर्मी निता केसी र निरज पटेल सहित अष्ट्रेलिया भ्रमणमा छन् । उनीहरुको अष्ट्रेलिया भ्रमणका क्रममा विभिन्न शहरमा स्थानीय नेपाली समुदाय, सहयोगी मनहरू तथा सामाजिक अभियन्ताहरूसँग भेटघाट, अन्तरक्रिया र आश्रमको अभियानबारे जानकारी आदानप्रदान भइरहेको छ।
सिड्नीमा हुने कार्यक्रममा रामजी अधिकारी लगाएत अतिथिहरु को विशेष प्रस्तुति तथा अन्तरक्रिया रहने आयोजकले जनाएको छ । मोटिभेसनल वक्ताका रूपमा परिचित अधिकारीले लामो समयदेखि मानवसेवा आश्रमको अभियानमार्फत सडकमा आश्रयविहीन तथा असहाय अवस्थामा रहेका व्यक्तिहरूको उद्धार र संरक्षणका लागि काम गर्दै आएका छन्। ‘सडक मानवमुक्त नेपाल’ भन्ने पवित्र उद्देश्यसहित मानवसेवा आश्रमले सडकमा जीवन बिताउन बाध्य व्यक्तिहरूलाई उद्धार गरी आश्रय, भोजन, स्वास्थ्य उपचार, न्यानो कपडा तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउँदै आएको छ। आश्रमका अनुसार, यसको उद्देश्य केवल सडकबाट मानिसलाई उद्धार गर्नु मात्र नभई उनीहरूलाई सुरक्षित वातावरण प्रदान गर्दै परिवारसँग पुनर्मिलन, उपचार, पुनःस्थापना र सम्भव भएसम्म सम्मानपूर्वक समाजमा फर्काउने प्रयास गर्नु हो। वि.सं. २०६९ मा स्थापना भएको मानवसेवा आश्रमले हाल नेपालका विभिन्न स्थानमा सेवा केन्द्रमार्फत आफ्नो सेवा विस्तार गरेको छ। संस्थाका अनुसार आश्रमको सेवा ७ प्रदेश, २४ जिल्ला र ३५ सेवा केन्द्रसम्म पुगेको छ। आश्रमले हालसम्म हजारौं व्यक्तिलाई सेवा तथा संरक्षण प्रदान गरेको जनाएको छ।
मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरका संयोजक त्रिलोचन पोखरेलका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य मानवसेवा आश्रमको अभियानबारे व्यापक जानकारी गराउने, सामाजिक सचेतना बढाउने, सहयोग तथा सहकार्य जुटाउने र ‘सडक मानवमुक्त नेपाल’ अभियानमा अष्ट्रेलियामा रहेका नेपाली तथा अन्य शुभेच्छुकहरूलाई जोड्ने रहेको छ। सिड्नीमा आयोजना हुने कार्यक्रममा मानवसेवा आश्रमका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आश्रमको काम, उपलब्धि, आगामी योजना तथा नेपालमा सञ्चालन भइरहेको सडक मानवमुक्त अभियानका विषयमा जानकारी लिन सकिने आयोजकले जनाएको छ। मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरले कार्यक्रममा सहभागिताका लागि सिड्नीमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा इच्छुक शुभेच्छुकहरूलाई अनुरोध गरेको छ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



