नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA) को ५०औं वार्षिकोत्सव: अष्ट्रेलियामा नेपाली बसोबासको ऐतिहासिक उत्सव!

सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA) ले आफ्नो स्थापनाको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) भव्य रूपमा मनाउने भएको छ। बहुसांस्कृतिक अष्ट्रेलियामा नेपालीहरूको गर्विलो उपस्थिति र उनीहरूले हासिल गरेको उन्नति, प्रगति तथा विकासको ५० वर्ष पूरा भएको अवसरमा यो ऐतिहासिक उत्सव मनाउन लागिएको NAA ले जनाएको छ।
“बहुसांस्कृतिक अष्ट्रेलियाको सफलताको प्रतिबिम्ब र उत्सव” (Reflections & Celebration of the Success of Multicultural Australia) भन्ने मूल नारामा आधारित यस स्वर्ण जयन्तीको मुख्य औपचारिक कार्यक्रम आउँदो नोभेम्बर २७, शुक्रबार साँझ हर्सभिलस्थित मराना अडिटोरियममा आयोजना हुदैछ। यस बहुसांस्कृतिक उत्सवमा अष्ट्रेलिया राजनैतिक व्यक्तित्वहरु, व्यवसायी, सामुदायिक संघ-संस्थाका प्रतिनिधिहरू सहित समग्र बहुसांस्कृतिक समुदायका करिब ५०० भन्दा धेरै विशिष्ट अतिथिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
यी कार्यक्रमहरूमा नेपालबाट आमन्त्रित विशिष्ट अतिथि तथा कलाकारहरूको विशेष उपस्थिति रहनेछ। प्रख्यात हास्यव्यङ्ग्य जोडी ‘मह-जोडी’ (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य), चर्चित हास्य कलाकार मनोज गजुरेल, सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियार र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला यस ऐतिहासिक उत्सवमा सहभागी हुनुहुने छ।
यो सांस्कृतिक कार्यक्रम, उत्सवका अतिरिक्त एउटा पवित्र परोपकारी उद्देश्य पनि रहेको छ। कार्यक्रमबाट संकलित रकम नेपालका बाढीपीडितको राहत र पुनर्निर्माण, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) र ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर (GSNMC) लाई सहयोग स्वरूप प्रदान गरिने आयोजक NAA ले बताएको छ।
विगत ५० वर्षको यस गौरवमय यात्रालाई अविस्मरणीय बनाउन NAA ले स्वर्ण जयन्तीको अवसरमा एक विशेष ‘स्मारिका’ (Commemorative Book) पनि प्रकाशन गर्दैछ। यस पुस्तकले विगत पाँच दशकमा नेपाली समुदायको अष्ट्रेलिया बसोबासको यात्रा, महत्त्वपूर्ण उपलब्धिहरू, संघर्षका कथाहरू र विकासक्रमलाई समेट्नेछ। हाम्रो इतिहासको एक स्थायी अभिलेखका रूपमा रहने यो ऐतिहासिक दस्तावेज समुदायमा निःशुल्क वितरण गरिनेछ।
परोपकारसँग जोडिएको अष्ट्रेलियामा हाम्रो इतिहासको यस उत्सव र परोपकारी साँझलाई सफल बनाउन NAA ले सम्पूर्ण नेपाली समुदाय, सामुदायिक संघ-संस्थाहरू, व्यवसायीहरू तथा सञ्चारकर्मीहरूसँग हार्दिक अनुरोध गरेको छ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



