फुटबलको फाइनलमा नेपाल–भारत भिँड्ने

काठमाडौं— नेपाली पुरुष फुटबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) मा १७ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भएको छ । शनिवार सम्पन्न अत्यन्त रोमाञ्चक खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेर इतिहास रचेका हुन् ।
गुवाहाटीको इन्दिरा गान्धी एथ्लेटिक्स स्टेडियममा सम्पन् न१२औं सागअन्तर्गत फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई नाटकीय ढंगले ४–३ ले हराउन सफल भएको हो । यो जीतसंगै साग फुटबलमा नेपाल पाँचौंपटक फाइनलमा पुग्न सफल भएको हो । अब नेपालले उपाधिका लागि आयोजक राष्ट्र भारतसँग सोमबार खेल्ने पक्का पनि भएको छ । भारतले यसअघिको सेमिफाइनल खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अञ्जन विष्टले १५औं मिनेटमा अग्रता दिलाएकामा नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । नवयुगले ३६ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारेका थिए तर ६५औं मिनेटमा कमल श्रेष्ठले दोहोरो पहेँलो कार्ड पाएर मैदान छाड्नु परेपछि नेपालले १० खेलाडीसहित बाँकी समयमा २ गोल खाएको । नेपालले निर्धारित समय सकिनलाग्दा गोल खाएपछि २–२ को स्थितिमा पुगेको थियो । अतिरिक्त समयमा माल्दिभ्सले ३–२ को अग्रता लिँदा नेपालले खेलको अन्तिम पाँच मिनेटमा ह्याट्रिक ब्वाइ नवयुगले अर्को चमत्कारी खेल देखाए । नवयूगले अन्तिम दुई मिनेटमा दुई गोल गरेर नेपाललाई १७ वर्षपछि साग फुटबलको फाइनलमा पुर्याए । नवयुगले लगातार तीन अन्तर्रा्ष्टि्रय ह्याट्रिक गर्ने नेपालका पहिलो फुटबलर बन्दै इतिहास समेत रचका छन् । यसअघि यसै सागअन्तर्गत उनले भुटानविरुद्ध समूह चरणमा ह्याट्रिक गरेका थिए । नेपाली सेनासँग आवद्ध नवयुगले यसअघि बंगबन्धु गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले हराउँदा नेपालका तर्फबाट ह्याट्रिक गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



