नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौं— दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज सोमबार पुरुष तथा महिला फुटबलको फाइनलमा नेपालले इतिहास रच्ने अवसर पाएको छ । सबैभन्दा ठूलो संयोग के छ भने दुबै फुटबल खेलका फाइनलमा नेपालले भारतलाई प्रतिद्वन्द्विको रुपमा पाएको छ अनि दुबै खेल भारतीय भूमिमा सम्पन्न हुँदैछन् ।
अघिल्लो महिना बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप जितेपछि जारी सागमा पनि उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम सोमबारको फाइनल खेलमा मनोवैज्ञानिक रुपले माथि छ । सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ ले हराएपछि नेपालको मनोवल अझ उच्च भएको छ । साग फुटबलको स्वर्णपदकका लागि नेपाल र भारतबीचको रोमाञ्चक हुने अनुमान गरिएको छ । भारत घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने होडमा हुनेछ भने नेपालले पनि उपाधिविहिन यात्रालाई टुंग्याउने सुनौलो अवसर पाएको छ । आजको फाइनल खेल भारतको गुवाहटीस्थित इन्दिरा गान्धि स्टेडियममा साँझ सात बजेदेखि प्रारम्भ हुनेछ ।
नेपालका प्रशिक्षक राजुकाजी शाक्यले भारतलाई भारतमै हराउने राम्रो मौका पाएको प्रतिक्रिया दिएका छन् । भातर राम्रो टिम भएको तथा घरेलु मैदान भएका कारण पनि खेलमा केही भन्न नसकिने अवस्था रहेको शाक्यको तर्क छ । नेपाली महिला फुटबल टिम पनि इतिहास रच्ने योजनामा छ । भारतसंगको फाइनलमा नेपाली चेलीहरु स्वर्णपदक जित्ने योजनामा छन् । महिला टिमले अहिलेसम्म भारतलाई जित्न सकेको छैन । महिला फुटबलले ६ वर्षअघि ढाकामा भएको ११ औं संस्करणबाट सागमा प्रवेश पाएको हो । १२ औं सागमा नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–०, दोस्रोमा माल्दिभ्सलाई २–० ले हराएपछि भारतसंग ऐतिहासिक बराबरी नतिजा निकालेको थियो । भारत सेमिफाइनलमा बंगलादेशमाथि ५–१ को जित निकाल्दै फाइनल पुगेको हो । महिला फुटवल अाज दिउसाे ४ः१५ देखि सुरु हुँदैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...