नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौं— दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज सोमबार पुरुष तथा महिला फुटबलको फाइनलमा नेपालले इतिहास रच्ने अवसर पाएको छ । सबैभन्दा ठूलो संयोग के छ भने दुबै फुटबल खेलका फाइनलमा नेपालले भारतलाई प्रतिद्वन्द्विको रुपमा पाएको छ अनि दुबै खेल भारतीय भूमिमा सम्पन्न हुँदैछन् ।
अघिल्लो महिना बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप जितेपछि जारी सागमा पनि उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम सोमबारको फाइनल खेलमा मनोवैज्ञानिक रुपले माथि छ । सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ ले हराएपछि नेपालको मनोवल अझ उच्च भएको छ । साग फुटबलको स्वर्णपदकका लागि नेपाल र भारतबीचको रोमाञ्चक हुने अनुमान गरिएको छ । भारत घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने होडमा हुनेछ भने नेपालले पनि उपाधिविहिन यात्रालाई टुंग्याउने सुनौलो अवसर पाएको छ । आजको फाइनल खेल भारतको गुवाहटीस्थित इन्दिरा गान्धि स्टेडियममा साँझ सात बजेदेखि प्रारम्भ हुनेछ ।
नेपालका प्रशिक्षक राजुकाजी शाक्यले भारतलाई भारतमै हराउने राम्रो मौका पाएको प्रतिक्रिया दिएका छन् । भातर राम्रो टिम भएको तथा घरेलु मैदान भएका कारण पनि खेलमा केही भन्न नसकिने अवस्था रहेको शाक्यको तर्क छ । नेपाली महिला फुटबल टिम पनि इतिहास रच्ने योजनामा छ । भारतसंगको फाइनलमा नेपाली चेलीहरु स्वर्णपदक जित्ने योजनामा छन् । महिला टिमले अहिलेसम्म भारतलाई जित्न सकेको छैन । महिला फुटबलले ६ वर्षअघि ढाकामा भएको ११ औं संस्करणबाट सागमा प्रवेश पाएको हो । १२ औं सागमा नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–०, दोस्रोमा माल्दिभ्सलाई २–० ले हराएपछि भारतसंग ऐतिहासिक बराबरी नतिजा निकालेको थियो । भारत सेमिफाइनलमा बंगलादेशमाथि ५–१ को जित निकाल्दै फाइनल पुगेको हो । महिला फुटवल अाज दिउसाे ४ः१५ देखि सुरु हुँदैछ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...