२३ बर्षपछि नेपाललाई साग फुटबल उपाधी, नेपालद्धारा भारत पराजित

२३ बर्षपछि नेपाललाई १२ औ साग खेल अन्र्तगत फुटबलमा उपाधी प्राप्त भएको छ । नेपालद्धारा भारत २ को विरुद्ध एकमा पराजित भएको हो । १२ औं साग खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भारतका २३ बर्षमुनिको टोलि बीचको खेलमा आज नेपाले भारतलाई जितेर स्वर्णपदक हात पारेको हो ।
प्रकाश बुढाथोकीले बराबरी गोल फर्काएका थिए । ६५ औं मिनेटमा पाएको फ्री किकमा उनले गोल गरेका हुन् । नवयुग श्रेष्ठले दोश्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै एक गोल गरेका थिए ।
१२ औं साग खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भारतका २३ बर्षमुनिको टोलि बीचको खेल सुरु भएको थियो ।
खेल इन्दिरा गान्धी रंगशालामा ७.१५ बजे सुरु भएको थियो ।
बंगबन्धु कपको उपाधी हात पारेसँगै उत्साही भएको नेपाल सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ४-३को जित हात पार्दै फाइनलमा आइपुगेको हो।
समूह चरणमा नेपालले भुटानलाई ५-० ले हराएको थियो। बंग्लादेशसँग भने २-१ले पराजित भएको थियो।
सेमिफाइनलमा भारतले बंग्लादेशलाई ३-०ले हराएको थियो। समुह चरणमा श्रीलंकासँग १-०ले पराजित भएको भारत माल्दिभ्सलाई ३-२ले हराउँदै सेमिफाइनल आइपुगेको थियो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...