शशांक कोइराला गम्भिर बिरामी, भारत लैजाने तयारी

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई निमोनिया देखिएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । मंगलबार साँझ एक्सासी वान्ता भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई आईसीयुमा राखेर उपचार भइरहेको छ । कोइरालालाई निमोनिया देखिएका कारण भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । कांग्रेस नेता दिलेन्द्र बडूका अनुसार कोइरालालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । बढूका अनुसार एअर एम्बुलेन्स बोलाइए पनि आइपुग्न समय लाग्ने देखिएको छ । महामन्त्री कोइरालालाई अस्पतालकै सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भएको छ ।
महामन्त्री कोइरालालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता तथा कार्यकर्ताहरु चाबहिल पुगेका छन् । पछिल्लो समय कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थीर रहेको अस्पतालले जनाएको छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...