शशांक कोइराला गम्भिर बिरामी, भारत लैजाने तयारी

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई निमोनिया देखिएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । मंगलबार साँझ एक्सासी वान्ता भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई आईसीयुमा राखेर उपचार भइरहेको छ । कोइरालालाई निमोनिया देखिएका कारण भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । कांग्रेस नेता दिलेन्द्र बडूका अनुसार कोइरालालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । बढूका अनुसार एअर एम्बुलेन्स बोलाइए पनि आइपुग्न समय लाग्ने देखिएको छ । महामन्त्री कोइरालालाई अस्पतालकै सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भएको छ ।
महामन्त्री कोइरालालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता तथा कार्यकर्ताहरु चाबहिल पुगेका छन् । पछिल्लो समय कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थीर रहेको अस्पतालले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...