मल्टिगेटले दियो ३० हजार डलरको औषधी र उपकरण

अष्ट्रेलियास्थित औषधी कम्पनी मल्टिगेटले नेपाललाई करिब ३० हजार डलर बराबरको स्वास्थ्य सम्बन्धी उपकरणहरू र औषधी उपलब्ध गराएको छ । उक्त सहयोग सामाग्री एनआरएनको पहलमा नेपाल पठाइदैछ । एनआरएनले दिएको जानकारी अनुसार स्वास्थ मन्त्रालयका प्रमुख डा. बालकृष्ण खकुरेल र डा. भगवान कोईरालासंगको छलफल र परामर्शपछि पठाउन लागिएको हो । एनआरएन प्रवक्ता रञ्जु वाग्ले थापाका अनुसार लामो समयादेखिको पहलमा उक्त मेडिकल सामाग्री नेपाल पठाउन लागिएको हो । उनले प्राप्त औषधी तथा उपकरण स्वास्थ्य मन्त्रालय अन्तरगत आवश्यक स्थानमा वितरण गरिने समेत बताईन् । मल्टिगेटबाट औषधी उपलब्ध गराउन रेखा गुरुङ र दीपा राईले संयोजन गरेको समेत उनले जानकारी दिईन् । करिब २ टन तौल रहेको उक्त सहयोग सामाग्रीमा नेपाल सरकारले १ प्रतिशत भन्सार शुल्क लगाउने भएपछि उक्त रकमसमेत एनआरएनले भुक्तानी गर्ने एनआरएन ओसिनिया संयोजक महेन्द्रकुमार लम्सालले बताए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सामान पठाउन करिब ६ हजार डलर ढुवानी शुल्क लाग्ने भएकाले उक्त रकम एनआरएन भिक्टोरियाले ५ हजार डलर र समाजसेवी धर्मराज अधिकारीले १ हजार डलर तिरिदिने भएको बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...