मल्टिगेटले दियो ३० हजार डलरको औषधी र उपकरण
अष्ट्रेलियास्थित औषधी कम्पनी मल्टिगेटले नेपाललाई करिब ३० हजार डलर बराबरको स्वास्थ्य सम्बन्धी उपकरणहरू र औषधी उपलब्ध गराएको छ । उक्त सहयोग सामाग्री एनआरएनको पहलमा नेपाल पठाइदैछ । एनआरएनले दिएको जानकारी अनुसार स्वास्थ मन्त्रालयका प्रमुख डा. बालकृष्ण खकुरेल र डा. भगवान कोईरालासंगको छलफल र परामर्शपछि पठाउन लागिएको हो । एनआरएन प्रवक्ता रञ्जु वाग्ले थापाका अनुसार लामो समयादेखिको पहलमा उक्त मेडिकल सामाग्री नेपाल पठाउन लागिएको हो । उनले प्राप्त औषधी तथा उपकरण स्वास्थ्य मन्त्रालय अन्तरगत आवश्यक स्थानमा वितरण गरिने समेत बताईन् । मल्टिगेटबाट औषधी उपलब्ध गराउन रेखा गुरुङ र दीपा राईले संयोजन गरेको समेत उनले जानकारी दिईन् । करिब २ टन तौल रहेको उक्त सहयोग सामाग्रीमा नेपाल सरकारले १ प्रतिशत भन्सार शुल्क लगाउने भएपछि उक्त रकमसमेत एनआरएनले भुक्तानी गर्ने एनआरएन ओसिनिया संयोजक महेन्द्रकुमार लम्सालले बताए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सामान पठाउन करिब ६ हजार डलर ढुवानी शुल्क लाग्ने भएकाले उक्त रकम एनआरएन भिक्टोरियाले ५ हजार डलर र समाजसेवी धर्मराज अधिकारीले १ हजार डलर तिरिदिने भएको बताए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...