दुई साता पछि हटे डा.केसी
काठमाडौं— त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोगका विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो आठौं अनशन दुई साता पछि सारेका छन् । एमाले सांसदको लगानी रहेको मनमोहन मेडिकल कलेजलाई संसदमार्फत प्रतिष्ठान बनाएर सञ्चालन गर्न लागेकोसहित चिकित्सा शिक्षाका बेतिथि विरुद्ध केसीले ११ माघदेखि बस्ने भनेको अनशन स्थगित भएको हो ।
संसदको विधयेक रोक्न र डा.केसीलाई अनशन नबस्न भन्दै नागरिक अगुवाहरुले दवाव दिएपछि केसीले २४ माघसम्मका लागि अनशन स्थगित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘२४ गतेसम्म मैले राखेका माग पुरा नभए २५ गते साँझबाट अनशन बस्न बाध्य हुनेछु’, केसीले अपराधसंग तुलना गर्दै नीजि मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने खेल भएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए ।
यसैबीच नेपालको मेडिकल शिक्षाको सुधारका लागि डा. केसीले थालेको अभियानलाई साथ दिँदै चिकित्सक, क्रियाशील पेशाकर्मी, पत्रकार तथा नागरिक अगुवाहरुले सरकार र संसदलाई दबाव दिन चेञ्जडट ओआरजीमार्फत् डिजिटल हस्ताक्षर प्रारम्भ गरेका छन् । पुस १० मा संयुक्त वक्तव्यमार्फत मनमोहन मेडिकल कलेजलाई ऐन बनाएर विश्वविद्यालयस्तरको प्रतिष्ठान बनाउने कामप्रति आपत्ति जनाउँदै उक्त काम संसदबाट रोक्न दवाव स्वरुप डिजिटल हस्ताक्षर संकलन प्रारम्भ गरिएको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...