दुई साता पछि हटे डा.केसी

काठमाडौं— त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोगका विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो आठौं अनशन दुई साता पछि सारेका छन् । एमाले सांसदको लगानी रहेको मनमोहन मेडिकल कलेजलाई संसदमार्फत प्रतिष्ठान बनाएर सञ्चालन गर्न लागेकोसहित चिकित्सा शिक्षाका बेतिथि विरुद्ध केसीले ११ माघदेखि बस्ने भनेको अनशन स्थगित भएको हो ।
संसदको विधयेक रोक्न र डा.केसीलाई अनशन नबस्न भन्दै नागरिक अगुवाहरुले दवाव दिएपछि केसीले २४ माघसम्मका लागि अनशन स्थगित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘२४ गतेसम्म मैले राखेका माग पुरा नभए २५ गते साँझबाट अनशन बस्न बाध्य हुनेछु’, केसीले अपराधसंग तुलना गर्दै नीजि मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने खेल भएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए ।
यसैबीच नेपालको मेडिकल शिक्षाको सुधारका लागि डा. केसीले थालेको अभियानलाई साथ दिँदै चिकित्सक, क्रियाशील पेशाकर्मी, पत्रकार तथा नागरिक अगुवाहरुले सरकार र संसदलाई दबाव दिन चेञ्जडट ओआरजीमार्फत् डिजिटल हस्ताक्षर प्रारम्भ गरेका छन् । पुस १० मा संयुक्त वक्तव्यमार्फत मनमोहन मेडिकल कलेजलाई ऐन बनाएर विश्वविद्यालयस्तरको प्रतिष्ठान बनाउने कामप्रति आपत्ति जनाउँदै उक्त काम संसदबाट रोक्न दवाव स्वरुप डिजिटल हस्ताक्षर संकलन प्रारम्भ गरिएको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...