सोनाम भइन् मिसेस मंगोल नेपाल

काठमाडौं- १४ प्रतिस्पर्धीहरुलाई उछिन्दै सोनाम राई ‘मिसेस मंगोल नेपाल–२०१६’ भएकी छिन् । सोनामले बेस्ट स्माइलको उपाधि पनि जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक कला सुब्बाले गरेको प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै सोनामले उपाधि जितेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको ग्रान्ड फिनालेमा फस्ट रनरअपको उपाधि मनिका राईले जितिन् भने सेकेन्ड रनरअपको उपाधी जेनिफर बज्राचार्य, थर्ड रनरअपको उपाधी
प्रतिमा राई बान्तावा र फोर्थ रनरअपको उपाधी निमा योञ्जि शेर्पाले जितिन् ।
मंगोलियन समुदायका विबाहित महिलाहरुको विविध कला संस्कृती प्रवद्धन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको मिसेस मंगोल नेपाल–२०१६ को सबटाइटलमा बेस्ट ट्यालेन्टको उपाधी निमा योञ्जि शेपा, बेस्ट
फोटोजेनिक प्रतिमा राई, बेस्ट पर्सानालिटि लक्ष्मि घिसिङ लिम्बु, बेस्ट क्याटवाल्क प्रतिमा वान्तावा राई, बेस्ट डिसिप्लेन कमला लामा, बेस्ट स्किन योगिता सम्वाहाम्फे लिम्बु, बेस्ट हेयर किरण थापा मगरले जितेकी छिन् । त्यस्तै मोस्ट एक्टिभ मेनुका गुरुङ, मोस्ट स्टाइलिस प्रतिमा बान्तावा राई, मोस्ट बब्लि पुजा महर्जन, मोस्ट स्मार्ट निर्माया लामा, मोस्ट चार्मिङ जेनिफर बर्जाचार्य, मोस्ट कन्फिडेन्ट सोनिया लामा, मोस्ट इनोसेन्ट रिता गुरुङ, मोस्ट इन्टेलिजेन्ट मानिका राई, मोस्ट पपुलर योगिता सम्वाहाम्फे लिम्बु र बेस्ट ड्रेस मनिका राईले सबटाइटल अन्र्तगत जितेका छन् । अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाको साथमा अभिनेत्री पुजना प्रधान, मोडल तथा अभिनेता दिक्पाल कार्की, निर्देशक शोभित वस्नेत र क्पापिटल क्विन
नेपालका विजेता लिला राई रहेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...