फेसुबकको यस्तो एप

-- NTA REP. / प्रकाशित मिति : सोमवार, असार २७, २०७३

Facebook Appsआत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ । यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ । फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ । यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ । यो एपले हामीलाई यदि आफ्ना साथीहरुले आत्महत्या तथा आफैंलाई नोक्सानी पुर्‍याउने पोस्ट गरेमा त्यसको जानकारी दिन्छ । विगतमा यस्तो सेवा केही अंग्रेजी भाषी व्यत्तिहरुको लागि मात्रै उपलब्ध थियो । एउटा फर्मको माध्यमबाट तपाईंले पनि उक्त पोस्टलाई रिपोर्ट गर्न सक्नुहुनेछ । यो सेवा अति नै छिटो तथा सजिलो छ । फेसबुकले आफ्नो घोषणामा आत्महत्या रोक्ने यो साधन सबै भाषामा उपलब्ध हुने उल्लेख गरेको छ । उक्त कम्पनीका ग्लोबल हेड अफ सेफ्टी एन्टिगोनी डेभिस र अनुसन्धानकर्ता जेनिफर गुडाग्नोले उक्त सेवा मानसिक स्वास्थ संस्था र आफैंलाई हानी पुर्‍याउन खोजेका तथा आत्महत्या प्रयास गरेका व्यक्तिहरुको अनुभवबाट प्राप्त सुझावको आधारमा विकास गरेको उल्लेख गरेकाछन् । छिटै विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराइने उक्त फ्ल्याग फ्रेन्ड पोस्टले ड्रप डाउन मेनुमार्फत् आत्महत्या गर्न खोज्ने फेसबुक प्रयोगकर्ताबारे तत्काल जानकारी दिन्छ । फेसबुकले उनीहरुलाई आत्महत्या रोक्न मद्दत गर्ने संस्थाहरुको नम्बर जानकारी दिन्छ । यसलाई सेयर गर्ने विकल्प पनि दिन्छ । त्यहींबाट सन्देश पठाउन सुविधा पनि हुनेछ ।