फेसुबकको यस्तो एप

आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ । यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ । फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ । यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ । यो एपले हामीलाई यदि आफ्ना साथीहरुले आत्महत्या तथा आफैंलाई नोक्सानी पुर्याउने पोस्ट गरेमा त्यसको जानकारी दिन्छ । विगतमा यस्तो सेवा केही अंग्रेजी भाषी व्यत्तिहरुको लागि मात्रै उपलब्ध थियो । एउटा फर्मको माध्यमबाट तपाईंले पनि उक्त पोस्टलाई रिपोर्ट गर्न सक्नुहुनेछ । यो सेवा अति नै छिटो तथा सजिलो छ । फेसबुकले आफ्नो घोषणामा आत्महत्या रोक्ने यो साधन सबै भाषामा उपलब्ध हुने उल्लेख गरेको छ । उक्त कम्पनीका ग्लोबल हेड अफ सेफ्टी एन्टिगोनी डेभिस र अनुसन्धानकर्ता जेनिफर गुडाग्नोले उक्त सेवा मानसिक स्वास्थ संस्था र आफैंलाई हानी पुर्याउन खोजेका तथा आत्महत्या प्रयास गरेका व्यक्तिहरुको अनुभवबाट प्राप्त सुझावको आधारमा विकास गरेको उल्लेख गरेकाछन् । छिटै विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराइने उक्त फ्ल्याग फ्रेन्ड पोस्टले ड्रप डाउन मेनुमार्फत् आत्महत्या गर्न खोज्ने फेसबुक प्रयोगकर्ताबारे तत्काल जानकारी दिन्छ । फेसबुकले उनीहरुलाई आत्महत्या रोक्न मद्दत गर्ने संस्थाहरुको नम्बर जानकारी दिन्छ । यसलाई सेयर गर्ने विकल्प पनि दिन्छ । त्यहींबाट सन्देश पठाउन सुविधा पनि हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...