सरकारबाट फर्किने माओवादीको निर्णय

-- ?>

prachanda-photo

काठमाडौं— नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको सार्थन फिर्ता लिने भएको छ । कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्ने निश्कर्षमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नु भएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन फिर्ता गरेको पत्र बुझाउने माओवादी नेताहरुले तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले नयाँ समीकरणबारे वर्तमान सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।