सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं— नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आज दिउँसो २ः४५ बजे दर्ता गराइएको प्रस्तावका प्रस्तावक पुष्पकमल दाहाल छन् भने समर्थक शेरबहादुर देउवा छन् । यसअघि माओवादीले केपी शर्मा ओलीलाई तीन बजेसम्म प्रधानमन्त्री पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने अल्टिमेटम दिए पनि संसद बैठक शुरु हुनु अगावै प्रस्ताव दर्ता गराएको हो । प्रस्ताव दर्ता गराउन संसद सचिवलायमा माओवादी अध्यक्ष दाहाल आफै पुगेका थिए । हिजो २८ असारमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने दाहाल नेतृत्वमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले सहयोग गर्ने निर्णय गरिसकेको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...