सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं— नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आज दिउँसो २ः४५ बजे दर्ता गराइएको प्रस्तावका प्रस्तावक पुष्पकमल दाहाल छन् भने समर्थक शेरबहादुर देउवा छन् । यसअघि माओवादीले केपी शर्मा ओलीलाई तीन बजेसम्म प्रधानमन्त्री पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने अल्टिमेटम दिए पनि संसद बैठक शुरु हुनु अगावै प्रस्ताव दर्ता गराएको हो । प्रस्ताव दर्ता गराउन संसद सचिवलायमा माओवादी अध्यक्ष दाहाल आफै पुगेका थिए । हिजो २८ असारमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने दाहाल नेतृत्वमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले सहयोग गर्ने निर्णय गरिसकेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...