प्रधानमन्त्रीको भ्रमण दलमा निजी क्षेत्रका व्यवसायी
काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि गर्नुभएको भारतको छदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको छ ।
महासङ्घको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोसाक, पर्यटन, बैंकिङ, शिक्षा स्वास्थ्य, अटोमोबाइल, हस्तकला र उत्पादनमूलक क्षेत्रका प्रतिनिधि हुुनुहुन्छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, प्रदीपकुमार श्रेष्ठ र सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्य चन्द्रप्रसाद ढकाल, कमला श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, शाहिल अग्रवाल, ज्ञानेन्द्रलाल प्रधान, उमेशलाल श्रेष्ठ, त्रिभुवनधर तुलाधर र महासङ्घका उपनिर्देशक अनुपकुमार श्रेष्ठ रहनुभएको छ ।
महासङ्घको प्रतिनिधिमण्डल प्रधानमन्त्री सहभागी हुने औपचारिक कार्यक्रममा भाग लिनाका साथै भारतीय उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने द्विपक्षीय व्यापार विस्तारसम्बन्धी कार्यक्रममा सरिक हुनेछ ।
महासङ्घको प्रतिनिधिमण्डलले भारतीय अर्थ, वाणिज्य, ऊर्जा र पर्यटन मन्त्रालयका उच्च पदाधिकारीसँग भेटवार्ता गरी द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि आवश्यक प्रयास गर्ने गर्ने अध्यक्ष मुरारकाले बताउनुभयो । रासस
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...