प्रधानमन्त्रीको भ्रमण दलमा निजी क्षेत्रका व्यवसायी
काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि गर्नुभएको भारतको छदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको छ ।
महासङ्घको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोसाक, पर्यटन, बैंकिङ, शिक्षा स्वास्थ्य, अटोमोबाइल, हस्तकला र उत्पादनमूलक क्षेत्रका प्रतिनिधि हुुनुहुन्छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, प्रदीपकुमार श्रेष्ठ र सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्य चन्द्रप्रसाद ढकाल, कमला श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, शाहिल अग्रवाल, ज्ञानेन्द्रलाल प्रधान, उमेशलाल श्रेष्ठ, त्रिभुवनधर तुलाधर र महासङ्घका उपनिर्देशक अनुपकुमार श्रेष्ठ रहनुभएको छ ।
महासङ्घको प्रतिनिधिमण्डल प्रधानमन्त्री सहभागी हुने औपचारिक कार्यक्रममा भाग लिनाका साथै भारतीय उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने द्विपक्षीय व्यापार विस्तारसम्बन्धी कार्यक्रममा सरिक हुनेछ ।
महासङ्घको प्रतिनिधिमण्डलले भारतीय अर्थ, वाणिज्य, ऊर्जा र पर्यटन मन्त्रालयका उच्च पदाधिकारीसँग भेटवार्ता गरी द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि आवश्यक प्रयास गर्ने गर्ने अध्यक्ष मुरारकाले बताउनुभयो । रासस
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...