आज नाग पञ्चमी
काठमाडौं— आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गर्ने गर्छन् ।
हिन्दु परम्परा अनुसार नागलाई मन पर्ने दूध, दूबो चढाई स्तुति र पूजा गर्नाले घरमा चट्याङ नपर्ने, सर्पको डर नहुने, आगलागी र दैवी विपत्ति नपर्ने विश्वास छ । आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको पूजा अर्चना गरिन्छ ।
नाग पञ्चमीको अवसरमा बिहानैदेखि काठमाडौको टौदह, नक्सालको नागपोखरी, ललितपुरको धापाखेलमा रहेको नागदह, भक्तपुरको सिद्धपोखरी, काभ्रेको पनौती लगायत देशभरीका नाग मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...