विक्रि भयो याहु
अमेरिकन इन्टरनेट कम्पनी याहु विक्री भएको छ । अमेरिकाकै दूरसञ्चार कम्पनी भर्जन कम्युनिकेसन्सले पाँच अर्ब अमेरिकी डलरमा याहु किनेको हो । गत वर्ष भर्जनले किनेको अर्को इन्टरनेट कम्पनी एओएलसंग याहुलाई मिसाइने छ । यो खरिद सम्झौतामा याहुको चिनियाँ कम्पनी अलिबाबासंग भएको सेयरचाहिँ हिसाव गरिएको छैन । सन् २००८ मा याहुलाई माइक्रोसफ्टले ४४ अर्ब डलर दिने प्रस्ताव गरेको थियो भने सन् २००० ताका सेयरको भाउ बढेका बेला याहुको मूल्य १ सय २५ अर्ब डलर मानिएको थियो । पछिल्लो समय घाटामा गइरहेको याहु अन्तत: निकै कम मूल्यमै आफूलाई बेच्न बाध्य भएको हो । याहु किनेको भर्जनले याहु किन्नको कारण यसका एक अर्बभन्दा बढी प्रयोगकर्ता हुनुलाई मानेको छ । यी प्रयोगकर्तामार्फत आफू संसारकै उच्च सञ्चार कम्पनी हुने महत्वाकांक्षाको सजिलै पूर्ति हुने भर्जनको विश्वास छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...