पोकेमनको कीर्तिमान

जीपीएसमा आधारित मोबाइल गेम पोकेमन गोले कीर्तिमान बनाएको छ । केही साताअघि मात्रै रिलिज भएको यो गेम अहिले सबैभन्दा चर्चित बनेको छ । स्टक बजारमा मोबाइल गेममध्येका थुप्रै रेकर्ड यसले तोडिसकेको छ । अमेरिकामा आईओएस डिभाइसमा खेलिने गेममध्ये पहिलो हुन यसलाई एक दिन मात्र लाग्यो । एन्ड्रोइडमा यो चार दिनमा एक नम्बरमा पुग्यो । सबैभन्दा बढी डाउनलोड हुने मोबाइल गेमको रेकर्ड पनि यसले तोड्ने अनुमान गरिएको छ । यो अहिले ३३ देशमा आधिकारिक रूपमा रिलिज भएको छ । यो गेम खेल्न पहिला आफ्नो पोकेमन अकाउन्टमा आफ्नो अवतार बनाउनु पर्छ । त्यसपछि मोबाइलको जीपीएस अन गरेपछि त्यहाँ वरिपरिका ठाउँको नक्सा देखिन्छन् । ती ठाउँमा अन्य पोकेमनहरू लुकेर बसेका हुन्छन् । यो गेममा गरिने मुख्य काम भनेकै नयाँ ठाउँ पुग्दै त्यहाँ लुकेका पोकेमन समात्नु हो । जीपीएस अन गरी पोकेमनको एप खोलेर खोज्दै हिँड्दा आफू नजिकै कुनै पोकेमन भए नोटिफिकेसनका लागि मोबाइल भाइब्रेट हुन्छ । त्यसपछि त्यो जता छ, त्यतै गएर समात्नुपर्छ । पोकेमन गो खेल्न बाटोमा हिँड्दा दुर्घटना पनि हुन सक्छ । त्यसका लागि आफैँ सचेत हुनुपर्छ । यस्ता घटना भएका थुप्रै समाचार पनि आइरहेका छन् । न्युजिल्यान्डमा एक युवकले यो खेल खेल्न आफ्नो जागिर नै छोडेका छन् । जागिर छोडेर पोकेमन समात्न हिँडेका उनले कुल १ सय ५१ मध्ये ९० पोकेमन समाति सकेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...