लिनक्स अपरेटिङ्ग सिष्टम

-- संजीव लम्साल / प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३

Sanjeev lamsal linux_block  (1)अपरेटिङ सिस्टम यस्तो प्रोग्राम हो जसले कम्प्युटर सिस्टमको सम्पूर्ण कृयाकलापलाई नियन्त्रण तथा संचालन गर्दछ । लिनक्समा आधारित अपरेटिङ सञ्चालन प्रणालीको विकास Linus Torvald (जो पेशाले software programmer हुन्)ले गरेका हुन् । सन् १९९१ मा University of Helsinki मा आध्ययन गदैगर्दा Linus Torvald ले लिनक्सको विकास गरेका थिए, उनी लिनक्सका संथापक हुन् । सिस्टमहरू धेरै प्रकारका छन् जस्तै : MS Dos, माईक्रोसफ्ट विन्डोज, लिनक्स–युनिक्स (Unix-Linux) आदि । आज विश्वका प्राय सबै जसो कम्प्यूटर धेरै प्रयोगकर्ताहरूले प्रयोग गर्ने माईक्रोसफ्टको विन्डोज जस्तै लिनक्स पनि एक प्रकारको अपरेटिङ्ग सिष्टम हो । अपरेटिङ्ग सिस्टम भनेको विशेष प्रयोजनका लागी लिनक्सको मुख्य अंश (करनेल) लाई विभीन्न एप्लीकेशन सहित निर्माण गरिएको सञ्चालन प्रणालीको प्याकेज हो । खुला तथा स्वतन्त्र भएका कारण लिनक्स तथा अन्य सफ्टवेयरहरू सित्तैमा पाइन्छ । यी सफ्टवेयरहरूलाई ईन्टरनेटबाट कुनै शुल्कबिना डाउनलोड गरि प्रयोग गर्न सकिन्छ । त्यस्तै यी सफ्टवेयरहरूको चाहेजति प्रतिलिपी बनाउन सकिन्छ जुन सुबिधा माइक्रोसफ्ट विन्डोज जस्ता सफ्टवेयरहरूमा छैन । लिनक्सको स्रोत खुला भएका कारण यसलाई आफुले चाहेजस्तै परिवर्तन गरि चलाउन सकिन्छ ।

यस अपरेटिङ्ग सिष्टमलाई हाल मोबाईल, ट्याब्लेट, भिडियोगेम कन्सोल, मेनफ्रेम कम्प्यूटर र सुपर कम्प्यूटर जस्ता विभिन्न हार्डवेयर तथा उपकरणमा राख्न सकिन्छल । लिनक्स एउटा प्रमुख सर्भर सञ्चालन प्रणाली हो र विश्वका १० प्रमुख सुपर कम्प्यूटरहरूले यसको प्रयोग गर्छन् । लिनक्सको विकास स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरमा सहकार्यको एक अद्वितीय उदाहरण हो । लिनक्सको सम्पूर्ण श्रोत कोडलाई कसैद्वारा पनि GNU General Public License जस्ता लाईसेन्स अनुसार प्रयोग, परिमार्जन, र वाणिज्यि वा गैर–वाणिज्यिक रूपमा वितरण गर्न सकिन्छ । यस सिस्टमको निर्माणमा प्रयोग गरीएको सोर्सकोड नि:शुल्क रुपमा बितरण गरीने हुदाँ यसलाई प्रयोगर्ताको आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ । डेस्कटप तथा सर्भरमा प्रयोगका लागि लिनक्स अपरेटिङ सिस्टमलाई वितरणको रूपमा प्याकेज गरिएको हुन्छ ।

ओपन सोर्स सफ्टवेयरका बिज्ञहरू लिनक्स अपरेटिङ्ग सिष्टम नि:शुल्क भएकोले यसको प्रयोग दिन प्रतिदिन बढ्दै गईरहेको छ भने आलोचकहरूको तर्कलाई ठाडै खण्डन गर्छन् । उनीहरूको बुझाईमा लिनक्स विन्डोज भन्दा धेरै हिसाबले सुरक्षित छ । भाईरसकै कुरा गर्ने हो भने पनि बिश्वमा बिभिन्न कारण र उद्देश्यले निर्माण गरिएका सम्पूर्ण भाईरसहरूको संख्याको सालाखाल एक प्रतिशत जति मात्र लिनक्स अपरेटिङ्ग सिष्टममा सक्रिय रहेको पाईन्छ । लिनक्सका लागि इन्टर्नेटमा रहेका न्युजग्रुप तथा फोरुमहरूमा उच्चस्तरको सहयोग पाउन सकिन्छ । विश्वभर छरिएर रहेका लिनक्सका बिकासकर्ता तथा अन्य प्रयोगकर्ताहरूले लिनक्समा आइपरेका कुनै पनि समस्याहरूलाई अत्यन्त कम समयमा समाधान गरिदिन्छन् । तपाई हामी नै पनि लिनक्स अपरेटिङ्ग सिस्टमको प्रयोग गर्न थाल्ने हो भने यसै सँग सम्बन्धित कुनै समुहमा आबद्द हुन सकिन्छ जसबाट भविष्यमा आई पर्ने कुनै पनि समस्याहरूको सामाधान एउटा म्यासेजको भरमा प्राप्त गर्न सकिन्छ । लिनक्स अपरेटिङ्ग सिस्टमका पारखीहरूको बुझाईमा यसमा उपलब्ध एप्लीकेशहरूको विविधता र उपयोगीता पनि यसैलाई रोज्नुको कारण हो । लिनक्समा ईन्सटल गरिने प्राय: एप्लीकेशनहरू सित्तैमा उपलब्ध हुन्छन् । यिनीहरू विन्डोजमा उपलब्ध अधिकांश एप्लीकेशनहरूभन्दा चाँडै खुल्ने र प्रयोगकर्ता अनुकुल हुन्छन् ।

साधरणत: लिनक्स अपरेटिङ्ग सिस्टम ३ प्रकारको हुन्छ । डिबियन, रेड ह्याट र स्ल्याक वेयर । जस मध्ये रेड ह्याट लिनक्सबाट रेड ह्याट, टर्बो लिनक्स, लेजर ५ लिनक्स, कोन्डारा यमयनयु लिनक्स आदि नाम गरेका लिनक्सहरू छन भने स्ल्याक वेयर लिनक्सबाट स्ल्याक वेयर र प्लाज्मो लिनक्सहरू छन । डिबियनबाट मुख्यत: डिबियन जियनयुरलिनक्स नै बनेको छ । उबुन्टु डेस्कटप लक्षित एउटा एकदमै प्रचलित लिनक्स वितरण हो जुन डेबियन लिनक्समा आधारित छ । यस वितरणमा उपयोगितालाई निक्कै प्राथमिकता दिइएको छ । यसको विकास र प्रबर्धनलाई आइल–अफ–म्यान स्थित क्यानोनिकल लिमिटेडले प्रायोजन गरेको छ, जुन दक्षिण–अफ्रिकी अर्बपति उद्यमी मार्क सटलवर्थको निजी संस्था हो । यस बितरणको नाम अफ्रिकी विचार “उबुन्टु”मा आधारित छ, जसको झर्रो अनुबाद अरु प्रति मानवता हुन्छ । यसको प्रयोग बिशेषत: डेस्कटप कम्प्युटर र ल्यापटपमा गरिन्छ । तर यसको सर्भर संस्करण पनि निक्कै प्रचलित छ ।

लिनक्स अपरेटिङ सिस्टममा गित सुन्नदेखि लिएर ईन्टरनेट ब्राउज गर्नबाट पनि प्रयोगकर्तालाई बन्देज गर्न सकिन्छ । प्रयोगकर्तालाई के कत्तिको अधिकार दिने हो त्यो कुरा रुट प्रयोगकर्ताले नै तय गर्न सक्छ । यसरी प्रयोगकर्ता थप्ने, मेट्ने तथा उसको अधिकारमा समायोजन गर्ने सम्पूर्ण अधिकार मात्र रुट प्रयोगकर्तामा सीमित हुन्छ । जुन कुरा विन्डोज अपरेटिङ्ग सिस्टममा त्यस किसिमले प्रभावकारी मानिदैन ।