आफ्नै बायोपिकमा सन्नी

-- NTA REP. ?>

Sunny Leonपोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीको बिषयमा बायोपिक फिल्म निर्माण हुने भएको छ । सन्नीको जीवनीमा बन्ने चलचित्रमा उनको विगत तथा वर्तमानलाई फिचर गरिने बताइन्छ । ‘जिस्म–२’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी सन्नीको अभिनय यात्रा सुखद नभए पनि उनी भारतमा अत्यधिक चर्चित तथा लोकप्रिय छिन् । यो नयाँ फिल्मलाई निर्देशक अभिषेक शर्माले निर्देशन गर्नेछन् । अहिले उनी यो फिल्मका कथा तयार पारिरहेका छन् । यो फिल्ममा सन्नीका श्रीमान् डेनियलले पनि अभिनय गर्नेछन् । बायोपिक फिल्म  सन्नी तथा डेनियलको प्रेमकथाको साथै उनीहरुको बलिउड यात्रामा बढी केन्द्रित हुने बताइन्छ ।