नेपालको पर्यटन प्रबर्धनका लागि अस्ट्रेलियाका तिन राज्यमा मानार्थ प्रतिनिधि नियुक्त
-- The NTA ?>
राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप जस्ता कारणले सोचे अनुसार पर्यटन प्रबर्धन हुन नसकेको हालको नेपालको अवस्थालाई टेवा पुराउने र विदेश मै रहेका नेपालीहरु मार्फत नेपालको पर्यटकिय सुन्दरतालाई संसार भर पुराउने उदेश्यले नेपाल सरकार मातहातको नेपाल पर्यटन बोर्डले हालै बिश्वका बिभिन्न देशहरुमा मानार्थ प्रतिनिधि नियुक्ति गरेको छ । सोहि अनुरुप ठुलो पर्यटकिय बजार रहेको र नेपाललाई बिदा मनाउन इच्छुक अस्ट्रेलियनहरुको देशका तिन राज्यमा हालै नेपाल पर्यटन बोर्डले, बोर्डका मानार्थ प्रतिनिधि नियुक्ति गरेको छ । नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीद्धारा हस्ताक्षर गरेर पठाइएको पत्रमा उनीहरुलाई बोर्डका अबैतानिक मानार्थ प्रतिनिधिमा नियुक्त गरिएको उल्लेख छ । यो नियुक्ति आगामी २ बर्षको लागि हुनेछ । जस अनुसार न्यु साउथ वेल्स राज्यको लागि बद्रि अर्याल, भिक्टोरियाका लागि चिरन्जिबी देबकोटा र क्वीन्स्ल्यान्डको लागि स्वतन्त्र प्रताप शाह नियुक्त भएका हुन् ।
न्यु साउथ वेल्स राज्यको लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त बद्रि अर्याल एक सफल युवा ब्यबसायी हुन् । अर्याल निर्देशक रहेको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले बिगत एक दशक देखि अस्ट्रेलिया भरि नै शैक्षिक परामर्शदाता र आप्रबास सम्बन्धी कार्य गर्दै आएको छ । त्यो बाहेक ‘एक्सपर्ट फाउन्डेसन’ मार्फत उनि र उनको समुह नेपालको शिक्षा, स्वास्थ्य क्षेत्र लगाएत बिबिध परोपकारी कार्यमा हातेमालो गर्दै आइ रहेको छ । अस्ट्रेलियामा हुने हर कुनै समुदायको सामाजिक र परोपकारी कार्यमा समेत अर्याल सधै अग्र स्थानमा रहने गर्दछन ।
भिक्टोरियाका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त चिरन्जिबी देबकोटा एक सफल संचारकर्मी हुन्। बिगतमा बिभिन्न संचार संस्थामा आबद्द भइ नेपाल र नेपालको पर्यटकीय सम्भाबनालाई नजिकबाट बुझेका देबकोटा हाल अस्ट्रेलियाबाट संचालित पहिलो नेपाली टेलिभिजन मेरो नेपाल टेलिभिजन ( एमएनटीभी) मा प्रधान सम्पादकका रुपमा कार्यरत छन् । त्यसै गरि क्वीन्स्ल्यान्ड राज्यका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधि स्वतन्त्र प्रताप शाह बिगत लामो समय देखि एनआरएन गतिबिधिमा सक्रिय युवा ब्यबसायी र कलाकार पनि हुन् ।
नेपाल टुरिजम बोर्डले यसरि अबैतानिक मानार्थ प्रतिनिधिहरुको नियुक्ति पश्चात अस्ट्रेलियाबाट नेपाल घुम्न जाने पर्यटकहरुलाई बिबिध जानकारी प्रबाह गर्न सजिलो हुनुको साथै नेपालको पर्यटन प्रबर्धन र पर्यटकहरुको आगमन बृद्धि हुने बिश्वास राखेको छ । प्रतिनिधिमा नियुक्त सबैले नेपाल पर्यटन बोर्डको लोगो आफ्नो लेटरहेड र भिजिटिङ् कार्डमा राख्ने सक्ने छन् भने पर्यटन प्रबर्धन सम्बन्धि बिबिध सामग्रीहरु नेपाल सरकार र पर्यटन बोर्ड मार्फत उनिहरुलाई प्राप्त हुनेछ ।
पर्यटन बोर्डले यसअघि नै चिन, अमेरिका, जापान लगायतका देशहरुमा बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त गरिसकेको भए पनि अस्ट्रेलियाको लागि भने पहिलो पटक हो । प्रतिनिधिमा नियुक्त संगै सामाजिक संजालहरुमा आएका मिश्रित प्रतिकृयालाई हेर्दा यहाँको नेपली समुदाय यो समाचारले उत्साहित नै देखिन्छ । यसै गरि नब नियुक्त प्रतिनिधिहरु अर्याल, देबकोटा र शाहले औपचारिक/अनौपचारिक प्रतिकृया दिदै आफुहरुलाई प्राप्त भएको यस अनररी जिम्मेवारीको सम्मान गर्दै आफ्नो व्यक्तिगत र संस्थागत हिसाबले नेपालको पर्यटन प्रबर्धनका लागि सबै सँग हातेमालो गर्दै अगाडी बढ्ने बताएका छन् । अर्को तर्फ नेपाल सरकार मातहतको नेपाल पर्यटन बोर्डले दिएको जिम्मेवारीले प्रतिनिधिहरुलाई अस्ट्रेलियाका पर्यटनसँग सम्बन्धित बिभिन्न निकायहरुसँग संस्थागत समन्वय गरि नेपालमा पर्यटकिय बिकाशमा योगदान पुराउन सहयोग हुने बिश्वास लिइएको छ ।