भोलि नेविसंघको निर्वाचन

काठमाडौं— नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो ।
एघार जिल्लाको प्रतिनिधि विवादका कारण २३ साउनमा महाधिवेशन उद्घाटन भए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।
महाधिवेशनका लागि यही २३ देखि २५ साउनसम्म राजधानीको भृकुटीमण्डप तोकिएको थियो । आजसम्म उद्घाटनबाहेक केही हुन सकेको छैन र निर्वाचन भने बन्दसत्र नभई पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ ।
संघको केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधान प्रस्ताव गरिएको छ ।
संघको निर्वाचन राम लक्ष्मण दाजुभाइले बनाएको विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ । निर्वाचन ४० मेसिनबाट हुने र मतपरिणाम दुई/तीन घन्टाभित्रै आउने आविष्कार केन्द्रका अनुसन्धानकर्ता लक्ष्मण रिमालले बताए ।
निर्वाचन समितिले थोरै मतदाताले मतदान गर्ने क्षेत्र र समूहको भने मतपत्रमार्फत निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । नेविसंघमा हालसम्म तीन हजार ७९० मतदाता निश्चित भइसकेको र अझै थपिने सम्भावना रहेको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।
उद्घाटनका बेला भृकुटीमण्डपमा भएको प्रचारप्रसारको चहलपहल अहिले सानेपामा सरेको छ । पार्टी कार्यालय जाने सडक उम्मेदवार र तिनका तुलले भरिएका छन् । पार्टीको प्रभावशाली भ्रातृ सङ्गठन भएकाले आफ्नो पक्षका विद्यार्थी जिताउन पार्टी नेतृत्व पङ्क्तिबीच प्रतिस्पर्धा देखिएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, पदमराज पन्त, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य नगेन्द्रसिंह ठकुरी, वचन कार्कीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए ।
यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी सयौँको उम्मेदवारी परेको छ । सङ्घमा १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
समितिले आज साँझ ६:३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ ।
राससले जनाए अनुसार संघको ११औँ महाधिवेशनअन्तर्गत मतदान भोलि बुधबार बिहान ७ देखि साँझ ७ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...




