सक्रिय राजनीतिमा फर्कन्न: निवर्तमान राष्ट्रपति डा यादव

ललितपुर । निवर्तमान राष्ट्रपति डा रामवरण यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताएको छ ।
ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले सो कुरा बताएको हो ।
हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने उल्लेख गर्दै उहाँले दौरा, सुरुवाल र ढाका टोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको उल्लेख गरे ।
निवर्तमान राष्ट्रपति डा यादवलाई निवास प्रवेश गर्दा नेपाली काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्य, काँग्रेस काठमाडौँ सभापति एवम् सांसद भीमशेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गरेका थिए ।
सरकारले ललितपुर उपमहानगरपालिका वडा नं ४ स्थित विष्णुदेवी हाइट (बागडोल)मा रहेको रवि विष्टको घरमा प्रथम राष्ट्रपति डा यादवको निवासको व्यवस्था गरेको हो । उक्त भवन दुई रोपनी दुई आना क्षेत्रफलमा निर्मित साँढे दुई तले रहेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...