तेश्रो गजल मुशायरा सेप्टेम्बर ११ मा हुदै

-- The NTA ?>
gajal mashuyara 2016बिगतका दुइ गजल मुशायराको सफल शृंखला पश्चात यो साल पनि सिड्नीमा चर्चीत गजल कार्यक्रम गजल मुशायराको तेश्रो शृंखला ‘गजल मुशायरा – २०१६’ को आयोजना गरिएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया र एन आर एन अस्ट्रेलियाद्वारा संयुक्त रुपमा आयोजित यस कार्यक्रम आगामी सेप्टेम्बर ११, आइतबारका दिन एसफिल्ड स्थित एसफिल्ड पोलिश क्लबमा दिनको १२.३० बाट हुन गइरहेको छ ।
गजलको एउटा सम्पूर्ण कार्यक्रम यस कार्यक्रममा १२ जना गजलकारहरुको गजल वाचन, चर्चीत गायक आशिष श्रेष्ठको गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ । गजल वाचनमा यस पटक सिड्नीका गजलकारहरु लगायत सिड्नी बाहिर पर्थ, मेलबर्न, अल्वेरी लगायतका शहरबाट समेत गजल वाचनका लागि गजलकारहरु आउनुहुने कुरा यस कार्यक्रमका संयोजक जितेन्द्र मल्लले जानकारी दिनुभएको छ ।
मोति जयन्तिको अवसरमा २०१४ देखि सिड्नी साहित्य वृतले गजल मुशायरा आयोजना गर्दै आइरहेको छ । गजल मुशायरा सिड्नीमा गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो । कार्यक्रमउपस्थिति भइदिनु हुनको लागि आयोजकले सबैलाई हार्दिक अनुरोध गरेको छ ।