महिला भलिबल प्रतियोगिता हुदै

अष्ट्रेलियाको नेपाली समाज सामुदायिक तथा खेलकुद गतिबिधिमा निकै नै सक्रिय देखिन्छ । तर मनोरन्जनात्मक कार्यक्रमदेखी लियर फुटबल,भलिबल,क्रिकेट लगायतका खेलमा महिलाहरु बिरलै भाग लिने गर्छन त्यसैले पुरुषको वर्चश्व देखिने गर्छ । यहि परिवेशमा महिलालाइ पनि खेलकुदका गतिबिधिमा सामेल गराउने उद्देश्यसहित सिड्निको रकडेलमा अबस्थित नेपमार्टले अष्ट्रेलियाको नेपालि समुदायमै पहिलोपटक महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । यही फेब्रुअरी २८ तारिख आइतबारका दिन सिड्निको म्यारिक्भिलमा अबस्थित पिसीवाइसी क्लबमा बिहान १० बजेदेखी साझ ५ बजेसम्म खेल चल्नेछ ।
प्रतियोगितामा म्याग्दी सेवा समिति,जलजला परिवार्,छन्त्याल परिवार र पोखरा समाज गरी ४ टिम सहभागी हुने आयोजक न्यान्सी पुनले नेपाली टाइम्ससँगको कुराकानिमा बताउनुभयो । उक्त खेलमा प्रथमहुनेले नगद ८०० डलर र ट्रफी साथै दोश्रो हुनेले ५०० डलर र ट्रफी प्राप्त गर्ने जानकारी पुनले दिनुभयो ।
प्रबेश निशुल्क रहेको उक्त खेलमा नेपालि खानाको स्टलपनि रहनेछ । थप जानकारिको लागि न्यान्सि पुनलाई 0403 798 010 मा सम्पर्क गर्न सकिनेछ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...