न्याभलाई भिक्टोरीयन सरकारको सामुदायिक ग्रान्ट

नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को नयाँ कार्यसमिति चयन भए लगत्तै विभिन्न सब कमिटीहरु खडा गर्दै उक्त कमिटिले भाषा, खेलकुद, क्षमता अभिवृद्धि, एड्भोकेसी आदि विषयहरुलाई मध्य नजर गरेर काम गर्दै आइरहेको थियो । काम गर्ने क्रममा कमिटिले भिक्टोरिया राज्य सरकारबाट उपलब्ध हुने करिब आधा दर्जन बढी सामुदायिक ग्रान्टहरुको लागि अपिल पनि गरेको थियो र फलस्वरुप यस हप्ता मात्र ग्रान्टहरु न्याभको लागि सिफारिस भएको जानकारीमा आएको छ । न्याभले फेशबुक मार्फत मन्त्रालयबाट आएको चिठ्ठि सहित सार्वजानिक गरेर खुसी व्यक्त गरेको छ ।
Culturally and Linguistically Diverse (CALD)अष्ट्रेलियाको राजनीतिका बारेमा नेपाली दोश्रो पुस्तालाई चासो जगाउन र नेप्लीज युवा युवती हरुमा अष्ट्रेलियाको राजनिती सम्बन्धी ईच्छा तथा चेतना अभिब्रिद्दी गर्न कार्यक्रमको लागि ४००० प्रति बर्ष दुई बर्षको लागि ग्रान्ट तय भएको छ । त्यसैगरी मेल्बर्नको पश्चिमी सबर्ब मा नेपाली भाषाको कक्षाको लागि रु ४००० यस बर्षको लागि र बहुसान्स्कृतिक क्रिकेट प्रतियोगिताको लागि रु ५००० प्रति बर्ष दुई बर्षको लागि न्याभले भिक्टोरीयन सरकारबाट ग्रान्ट पाएको छ । न्याभको टिमले यस ग्रान्ट सँगसँगै हाम्रो जिम्मेवारी र दायित्व थप दुवै बढेको बताउँदै न्याभको आफ्नो क्षमता अभिवृद्धिको साथ साथै समुदायको क्षमता अभिवृद्धिका लागि वर्तमान कार्यसमिति कटीबद्धता रहेको जनाएका छन् । पाएको रकमको सही तवरले सदुपयोग गर्ने वाचाका साथै बाल दिवस पश्चात् कार्यक्रमका बारे थत विवरण लिएर आउँने कुरा टिमले बताएको छ । त्यसका साथै टिमले पुर्वर्वर्ती कार्यसमितीलाई पनि विशेष धन्यवाद दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...