रहेनन् तबलावादक उपाध्याय

काठमाडौं— वरिष्ठ तबलावादक पण्डित होमनाथ उपाध्यायको ७२ वर्षको उमेरमा २२ भदौ अपराह्न ४ बजे निधन भएको छ ।
पण्डित उपाध्यायको उपचारका क्रममा ओम हस्पिटलमा निधन भएको उनका छोरा प्रमोदले जानकारी दिएका छन् ।
कलेजोको क्यान्सरबाट पीडित उपाध्याय केही समय अघि भारतको मुम्बैमा उपचार गराएर आएपछि सुधार देखिएको भएपनि एक साता अघि फेरी सिकिस्त भएका थिए ।
विसं २००० असार २० गते भोजपुरमा जन्मिएका पण्डित उपाध्याय हाल हाँडीगाउँमा बस्दै आएका थिए । उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट सङ्गीत र अंग्र्ेरजी साहित्यमा स्नातकोत्तर गरेका हुन ।
भारतमा रहदा विसं २०२७ सालदेखि तीन वर्ष मुम्बईमा आरडी बर्मनका सहायक भएर काम गरेका थिए । उनले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा भिजिटिङ्ग प्रोफेसरका रुपमा काम गरेका थिए ।
उनले देश तथा विदेशमा आफ्नो कला प्रस्तुत गरेका छन् । फ्रान्स, जर्मनी, अष्ट्रेलिया, स्वीटजरल्याण्ड, अमेरियाका लगायत दक्षिण एसियाका सबै देशमा कला प्रस्तुत गरिसकेका छन् । उनले बिभिन्न देशका विश्वविद्यालय तथा कलेजहरुमा समेत अध्यापन गराएका छन् । त्यस्तै पण्डित उपाध्यायले नेपाल प्रज्ञा प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयमा प्रशिक्षक भएर पनि काम गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...