रहेनन् तबलावादक उपाध्याय

काठमाडौं— वरिष्ठ तबलावादक पण्डित होमनाथ उपाध्यायको ७२ वर्षको उमेरमा २२ भदौ अपराह्न ४ बजे निधन भएको छ ।
पण्डित उपाध्यायको उपचारका क्रममा ओम हस्पिटलमा निधन भएको उनका छोरा प्रमोदले जानकारी दिएका छन् ।
कलेजोको क्यान्सरबाट पीडित उपाध्याय केही समय अघि भारतको मुम्बैमा उपचार गराएर आएपछि सुधार देखिएको भएपनि एक साता अघि फेरी सिकिस्त भएका थिए ।
विसं २००० असार २० गते भोजपुरमा जन्मिएका पण्डित उपाध्याय हाल हाँडीगाउँमा बस्दै आएका थिए । उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट सङ्गीत र अंग्र्ेरजी साहित्यमा स्नातकोत्तर गरेका हुन ।
भारतमा रहदा विसं २०२७ सालदेखि तीन वर्ष मुम्बईमा आरडी बर्मनका सहायक भएर काम गरेका थिए । उनले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा भिजिटिङ्ग प्रोफेसरका रुपमा काम गरेका थिए ।
उनले देश तथा विदेशमा आफ्नो कला प्रस्तुत गरेका छन् । फ्रान्स, जर्मनी, अष्ट्रेलिया, स्वीटजरल्याण्ड, अमेरियाका लगायत दक्षिण एसियाका सबै देशमा कला प्रस्तुत गरिसकेका छन् । उनले बिभिन्न देशका विश्वविद्यालय तथा कलेजहरुमा समेत अध्यापन गराएका छन् । त्यस्तै पण्डित उपाध्यायले नेपाल प्रज्ञा प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयमा प्रशिक्षक भएर पनि काम गरेका थिए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...