प्रकाशोन्मुख गजल संग्रह – ‘कंगारुको देशबाट’
भुटानी समाज अष्ट्रेलियाका नव उदयमान युवा गजलकारहरुको संयुक्त प्रयासमा ‘कंगारुको देशबाट’ नामक गजल संग्रह चाँडै नै प्रकाशित हुने तयारीमा रहेको छ । अष्ट्रेलियाका विभिन्न प्रान्तमा बसोबास गर्दै आएका नेपाली मूलका भुटानी गजलकारहरुले तीन पुस्ताका गजलहरु संकलन गरी प्रकाशन गर्न लागेका हुन् । क्रिएटिभ सर्कल अष्ट्रेलियाले प्रकाशनमा ल्याउन लागेको उक्त कृतिमा २५ जना गजलकारहरुको २०३ वटा गजलहरु समेटिएका छन् ।
भुटानभित्र, नेपालका विभिन्न शिविरमा छँदा र तेस्रो मुलुक पुनर्वाससँगै नेपालीभाषी भुटानीहरुले निरन्तर गुणस्तरीय नेपाली साहित्यिक कृतिहरु प्रकाशन गरिरहेका छन् । कंगारुको देशबाट नामक कृतिले पनि नेपाली साहित्यको श्रीवृद्धिमा धेरथोर भए पनि टेवा पुर्याउने विश्वास गरिएको छ ।
कृतिको सम्पादन श्री दुर्गा रिमालले गरेका छन् भने कार्यकारी सम्पादन प्रकाश धमला, रिमेन आलोक र छत्र दंगालले गरेको छन् । यही आउँदो १५ अक्टोबरमा अष्ट्रेलियाको मेलवर्न सहरमा आयोजना हुने एक भव्य सांस्कृतिक कार्यक्रमबीच उक्त कृतिको विमोचन हुने कुरा आयोजक मध्येका श्री झगेन धिमालले जानकारी दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...