प्रकाशोन्मुख गजल संग्रह – ‘कंगारुको देशबाट’
भुटानी समाज अष्ट्रेलियाका नव उदयमान युवा गजलकारहरुको संयुक्त प्रयासमा ‘कंगारुको देशबाट’ नामक गजल संग्रह चाँडै नै प्रकाशित हुने तयारीमा रहेको छ । अष्ट्रेलियाका विभिन्न प्रान्तमा बसोबास गर्दै आएका नेपाली मूलका भुटानी गजलकारहरुले तीन पुस्ताका गजलहरु संकलन गरी प्रकाशन गर्न लागेका हुन् । क्रिएटिभ सर्कल अष्ट्रेलियाले प्रकाशनमा ल्याउन लागेको उक्त कृतिमा २५ जना गजलकारहरुको २०३ वटा गजलहरु समेटिएका छन् ।
भुटानभित्र, नेपालका विभिन्न शिविरमा छँदा र तेस्रो मुलुक पुनर्वाससँगै नेपालीभाषी भुटानीहरुले निरन्तर गुणस्तरीय नेपाली साहित्यिक कृतिहरु प्रकाशन गरिरहेका छन् । कंगारुको देशबाट नामक कृतिले पनि नेपाली साहित्यको श्रीवृद्धिमा धेरथोर भए पनि टेवा पुर्याउने विश्वास गरिएको छ ।
कृतिको सम्पादन श्री दुर्गा रिमालले गरेका छन् भने कार्यकारी सम्पादन प्रकाश धमला, रिमेन आलोक र छत्र दंगालले गरेको छन् । यही आउँदो १५ अक्टोबरमा अष्ट्रेलियाको मेलवर्न सहरमा आयोजना हुने एक भव्य सांस्कृतिक कार्यक्रमबीच उक्त कृतिको विमोचन हुने कुरा आयोजक मध्येका श्री झगेन धिमालले जानकारी दिएका छन् ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...