क्रुजमा दशैँ-तिहार मनाउँदै मेल्वर्नबासीहरु

यही अक्टुबर ९ तारिख आइतवार चितवन समाज भिक्टोरीयाले दशैँ तिहार को उपलक्ष्यमा क्रुज पार्टी गर्ने भएको छ । करिब ४ घण्टाको समुद्र यात्रा हुने यस कार्यक्रममा लाइभ म्यूजिक, म्यूजिक डान्स, डिजेमिक्स, नेपाली खाना प्रमुख आकर्षणका रुपमा रहनेछन् । यस पार्टीलाई अझ अविस्मरणीय र आकर्षण बनाउन चितवन समाजले निशुल्क प्रोफेसनल फोटोग्राफर अरुण चित्रकारबाट फोटो सेसनको समेत व्यवस्था गरिएको छ ।
पार्टीमा सहभागी हुनका लागि ६० डलरको टिकटको व्यवस्था गरिएको छ भने अहिले लगभग क्रुज फूल भइसकेको जानकारी आयोजकको तर्फबाट दिपक आचार्यले बताएका छन् ।
यो ग्राण्ड पार्टीलाई अष्ट्रेलियाको शैक्षिक तथा माइग्रेशन कानून सम्बन्धी सेवा प्रदान गर्दै आएको टि.डब्लू.जी.जीले ले प्रायोजन गरेको छ । यस्तै प्यालटिनियम स्पोन्सर बायर्स च्वाइस र गोल्ड स्पोन्सर बुद्ध ट्राभल्स्ले गरेका छन् । त्यसैगरी आर.जी.आइ.टी अष्टेलिया, महालक्ष्मी ज्वयलर्स, निरङ्कर रेष्टुराँ, चित्रकार ग्यालरी र ग्रेस इन्टरनेसनलले कार्यक्रमलाई सहयोग गरेका छन् । कार्यक्रमको मिडिया पार्टनरसीपमा नेपाली टाइम्स् मेल्वर्न, हिमालयन कङ्गारु डट कम र एम.एन.टी.भी रहेकोे छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...