एघार दलको दल दर्ता खारेज

काठमाडौं-निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा भर्पाई समेत तीन वर्षदेखि पेस नगरेका ११ राजनीतिक दलको दल दर्ता समेत खारेज गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०५८ अनुसार आयोगले सो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खारेज भएका दलमा नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना पार्टी, नवजनवादी पार्टी, नेकपा (माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसङ्घ पार्टी, नेपाल दलित श्रमिक मोर्चा र नेकपा (एकीकृत) छन् ।
त्यस्तै आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई रु १०० जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ ।
आयोगले रु १०० जरिवाना गरेका राजनीतिक दललाई ३५ दिनभित्र बुझाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...