धादिङमा बस दुर्घटना, १४ को निधन

काठमाडौं— धादिङको मार्पाक–६ मा आज मंगलबार दिउ“सो मिनीबस दुर्घटना हु“दा कम्तिमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङ सदरमुकामबाट झार्लाङ जा“दै गरेको बा ३ ख ३३१८ नं को बस मार्पाक–६, लावाङको उकालोमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिनु भएको छ । पञ्जियारका अनुसार दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
बसमा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले घटनास्थलमा पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । पहिरो झरेको बाटोबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको हो ।
बसमा अधिकांश सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका यात्रु थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...