धादिङमा बस दुर्घटना, १४ को निधन

-- ?>

bus-accident

काठमाडौं— धादिङको मार्पाक–६ मा आज मंगलबार दिउ“सो मिनीबस दुर्घटना हु“दा कम्तिमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङ सदरमुकामबाट झार्लाङ जा“दै गरेको बा ३ ख ३३१८ नं को बस मार्पाक–६, लावाङको उकालोमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिनु भएको छ । पञ्जियारका अनुसार दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बसमा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले घटनास्थलमा पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । पहिरो झरेको बाटोबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको हो ।

बसमा अधिकांश सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका यात्रु थिए ।