तरुण दलको पदाधिकारी चयनमा भागबण्डा

काठमाडौं- नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेत र महामन्त्रीमा भूपेन्द्रजङ्ग शाहीलाई सर्वसम्मतरुपमा चयन गरेको छ । दलको उपाध्यक्षमा उत्तम चापागाइँ र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन् । अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने उपाध्यक्ष चापागाइँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । त्यस्तै महामन्त्री शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् भने कोषाध्यक्ष पार्टी नेता खुमबहादुर खड्का निकट छन् ।
संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्को बैठकले काठमाडौँमा तय गर्ने नेता यादवले बताए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...