तरुण दलको पदाधिकारी चयनमा भागबण्डा
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2016/11/Tarun-Dal_1-1.jpg)
काठमाडौं- नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेत र महामन्त्रीमा भूपेन्द्रजङ्ग शाहीलाई सर्वसम्मतरुपमा चयन गरेको छ । दलको उपाध्यक्षमा उत्तम चापागाइँ र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन् । अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने उपाध्यक्ष चापागाइँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । त्यस्तै महामन्त्री शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् भने कोषाध्यक्ष पार्टी नेता खुमबहादुर खड्का निकट छन् ।
संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्को बैठकले काठमाडौँमा तय गर्ने नेता यादवले बताए ।
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Samita-Giri.jpg)
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/MRS-Vogue-Nepal-2024.jpg)
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...