आइफोन सेभेनका लागि
विश्वकै प्रतिष्ठित मोबाइल ब्राण्ड आइफोनको क्रेज बढेको बढ्यै छ । यसको बढ्दो क्रेजसंगै विश्वमा विभिन्न प्रकारका रमाइला/दु:खद घटनाहरू समेत घटिरहन्छन् । प्रत्येक पटक नयाँ मोडलको आइफोन लञ्च हुँदा केही न केही अनौठा खबरहरू सार्वजनिक भएकै हुन्छन् । आइफोन किन्न किड्नी बेच्नेदेखि आफ्ना सन्तान बेच्नेसम्मका समाचारहरू प्रकाशित भैरहन्छन् । आइफोन सेभेन सार्वजनिक भएपछि यस्तै एउटा रमाइलो खबर आएको छ । युक्रेनका एक युवकले आइफोन सेभेन खरिद गर्न आफ्नो नाम नै आधिकारिक रुपमा परिवर्तन गरेर आइफोन सेभेन राखेका छन् । यो हर्कतपछि उनले नि:शुल्क आइफोन सेभेन पाएका छन् अर्थात् आइफोन सेभेनले आइफोन सेभेन पाएका छन् । युक्रेनमा आइफोनले एउटा नयाँ अफर सुरु गरेको थियो । त्यसमा भनिएको थियो यदि कसैले आफ्नो नाम परिवर्तन गरेर आइफोन सेभेन राखेमा उसलाई नि:शुल्क आइफोन सेभेन दिइनेछ । २० वर्षीय अलेक्जेन्डर ट्युरिन आफ्नो नाम परिर्वतन गर्न तयार भए । उनले सरकारी कार्यालयमा निवेदन दिए । त्यसका लागि उनले २ अमेरिकी डलर खर्च गरे । त्यसपछि उनले पाए ८ सय ५० अमेरिकी डलर बराबरको आइफोन सेभेन ।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...