देशैभरी वाइम्याक्स

नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रो वेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा देशका ७५ वटै जिल्लामा विस्तार गरेको जनाएको छ । मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्यक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा हालै हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको टेलिकमले जनाएको हो । नेपाल टेलिकमले चार वर्ष अघिदेखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको जनाएको छ । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलबाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमश: बाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरूमा विस्तार गरेको जानकारी दिएको छ । वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरू मध्ये सबैभन्दा आधुनिक प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि सीपीई उपकरण खरिद गर्नु पर्ने कम्पनीले जनाएको छ । यो उपकरण आउटडोर, इनडोर, युएसबी गरी तीन किसिमको हुने कम्पनीको भनाई छ । आउटडोर उपकरणले आधार स्टेशनदेखि १५ किलोमिटर र इन्डोरले आधार स्टेशनदेखि ५ किलोमिटर र युएसबीले २ किलोमिटर टाढासम्मको सिग्नलबाट इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ । वाइम्याक्स सेवामा कम्पनीले उपलब्ध गारएको डाटा रेट निम्नअनुसार भएको जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...