नयाँ वर्षमा मापसे कारवाहीमा पर्ने बढे

काठमाडौं- नयाँ वर्ष २०१७ को स्वागतमा मादक पदार्थ सेवन (मापसे) गरेर ड्राइभिङ गर्नेहरुको संख्या हालसम्मकै अत्याधिक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा प्रहरीले शनिवार न्यु इयर इभको अवसरमा साँझ सात बजेदेखि विहान चार बजेसम्म मापसे जाँच गरेको थियो ।
ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार उपत्यकका एक सय भन्दा बढी स्थानमा मापसे चेकिङ गरिएको थियो । मापसे गरेर सवारी चलाउने ४ सय ५९ जनालाई कारवाहीको दायरामा ल्याएको हो । प्रवक्ता मल्लका अनुसार यो तथ्यांक हालसम्मकै उच्च हो । ट्राफिक प्रहरीले विशेषगरी ठमेल र दरबारमार्ग क्षेत्रमा हुने मापसे ड्राईभिङ नियन्त्रण गर्न कडा जाँच गरेको थियो । न्यु ईयर इभ मनाउन ठमेल र दबारमार्ग क्षेत्रमा पुगेका अधिकांश ब्यक्तिहरु मदिराको नशामा लठ्ठिएका देखिन्थे ।
‘ठमेल र त्यस आसपासमा बढी मापसे गरिने हुनाले त्यस क्षेत्रमा चेकिङ कडा पारिएको थियो । उपत्यकाको तिनवटै जिल्लामा चेकिङ थियो, दुर्घटनाको सम्भावनालाई हेरेर ठमेल आसपामा मापसे परिक्षण अलि बढि थियो । पहिले १० देखि १२ जनामात्र मापसे गरेका चालक फेला पर्ने ललितपुरको सातदोवाटो चोकमा शनिवार राती ४२ जना चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शनिवार लेन अनुसशानसन उल्लंघन गरेबापत ४९, निषेधित स्थानमा पर्किङ ३, जेब्रा क्रसिङमाथी सवारी रोक्ने ११ तथा अन्य १२०३ गरी कुल १७२५ सवारी कारवाहीमा परेको महाशाखाले जनाएको छ । मापसे जाँचमा कडाई गरेका कारण अंग्रेजी नयाँ बर्षको साँझमा उल्लेख्य दुर्घटना नभएको ट्राफिक कार्यालयले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...