नयाँ वर्षमा मापसे कारवाहीमा पर्ने बढे

काठमाडौं- नयाँ वर्ष २०१७ को स्वागतमा मादक पदार्थ सेवन (मापसे) गरेर ड्राइभिङ गर्नेहरुको संख्या हालसम्मकै अत्याधिक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा प्रहरीले शनिवार न्यु इयर इभको अवसरमा साँझ सात बजेदेखि विहान चार बजेसम्म मापसे जाँच गरेको थियो ।
ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार उपत्यकका एक सय भन्दा बढी स्थानमा मापसे चेकिङ गरिएको थियो । मापसे गरेर सवारी चलाउने ४ सय ५९ जनालाई कारवाहीको दायरामा ल्याएको हो । प्रवक्ता मल्लका अनुसार यो तथ्यांक हालसम्मकै उच्च हो । ट्राफिक प्रहरीले विशेषगरी ठमेल र दरबारमार्ग क्षेत्रमा हुने मापसे ड्राईभिङ नियन्त्रण गर्न कडा जाँच गरेको थियो । न्यु ईयर इभ मनाउन ठमेल र दबारमार्ग क्षेत्रमा पुगेका अधिकांश ब्यक्तिहरु मदिराको नशामा लठ्ठिएका देखिन्थे ।
‘ठमेल र त्यस आसपासमा बढी मापसे गरिने हुनाले त्यस क्षेत्रमा चेकिङ कडा पारिएको थियो । उपत्यकाको तिनवटै जिल्लामा चेकिङ थियो, दुर्घटनाको सम्भावनालाई हेरेर ठमेल आसपामा मापसे परिक्षण अलि बढि थियो । पहिले १० देखि १२ जनामात्र मापसे गरेका चालक फेला पर्ने ललितपुरको सातदोवाटो चोकमा शनिवार राती ४२ जना चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शनिवार लेन अनुसशानसन उल्लंघन गरेबापत ४९, निषेधित स्थानमा पर्किङ ३, जेब्रा क्रसिङमाथी सवारी रोक्ने ११ तथा अन्य १२०३ गरी कुल १७२५ सवारी कारवाहीमा परेको महाशाखाले जनाएको छ । मापसे जाँचमा कडाई गरेका कारण अंग्रेजी नयाँ बर्षको साँझमा उल्लेख्य दुर्घटना नभएको ट्राफिक कार्यालयले जनाएको छ ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...