हिमपातसंगै नेपालमा चिसो बढ्यो

काठमाडौं- पश्चिमी वायुको प्रभावले देशका विभिन्न भेगमा मौसम बदलीसंगै हल्का वर्षा र हिमपात भएको छ । पश्चिम नेपालबाट प्रवेश गरेको उक्त वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् ।
कँडेलका अनुसार पश्चिमका पहाडी भेग र मध्य र पूर्वका केही स्थानमा वर्षा हुनेछ, हिमाली क्षेत्रमा हिमपात हुने देखिएको छ, मङ्गलबार पनि मध्य र पूर्वी पहाडी भेगमा बदली हुनेछ । मौसमविद कँडेलका अनुसार पश्चिमी वायु आज देशको मध्य भेग हुँदै पूर्वतर्फ अघि बढिरहेकाले मङ्गलबारदेखि क्रमिक रुपमा सुधार हुनेछ ।
पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्रको विकास हुँदा देशको मौसममा खराबी आएको हो । मौसम बद्लीसँगै कतिपय स्थानमा वर्षा र हिमपात भएपछि काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ भने तराई भेगमा बाक्लो कुहिरो लागेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी जिरीमा ५.१, ओखलढुङ्गामा ३.८ र लुम्लेमा १.७ मिलिमिटर वर्षात भएको छ । दीपायलमा ०.६ र जुम्लामा ०.३ मिमि वर्षात भएको छ । काठमाडौँको न्यूनतम २.६ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जिरीमा माइनस २ र सबैभन्दा बढी सिमरामा २७.५ डिग्री तापक्रम रहेको महाशाखाले जनाएको छ ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...