नेपाली हामी रहुँला कहाँ नेपाल नै नरहे
जनस्तरमा हाम्रो राष्ट्रियता कमजोर छैन । नालापानीको किल्लामा अंग्रेजहरूले पानीको मूल थुन्दा काकाकुल बनेको तर नझुकेको तत्कालिन सैन्य शक्तिको किस्सा निक्कै पुरानो हो तर गत वर्ष मात्र नाकाबन्दीको मारले छटपटिदा समेत नागरिक तहमा देखिएको संयमताको उदाहरण हाम्रो लागि काफि छन् हाम्रो राष्ट्रियता नाप्न । कमजोर छन् त सत्तामा ढुलमुल गर्ने हाम्रा राजनीतिज्ञहरू, सिस्टम बसाउन खोज्दा खोज्दै बिचलित हाम्रो कर्मचारी तन्त्र अनि हाम्रा कुटनीतिक संयन्त्र ।
जसरी अत्याधिक औषधि प्रयोग गर्दा गर्दै पनि बिरामी सन्चो नभएमा बिरामीलाई डाक्टरले उसको रोग प्रतिरोध शक्ति, रोगको पुन:परिक्षण र औषधीको मात्र या परिकार सबैको शूक्ष्म अध्ययन गर्नु जरुरी हुन्छ। त्यसरी नै बिश्व अर्थतन्त्रमा छुट्टै बर्चस्व राखेका देश भारत र चिनको बीचमा रहेको र प्रकृतिको प्रचुर संभावना रहेको देश नेपालको दिन प्रतिदिन खस्केको स्थितिलाई मध्यनजर गर्दा हामी किन चुक्यौ ? कहाँ निर चुक्यौ ? पून:मूल्याङ्कन मात्र होइन आत्मसमीक्षा समेत हुनु जरुरी देखिन्छ ।
हामी बारम्बार हाम्रो राष्ट्रिय अस्मिता र राष्ट्रिय सुरक्षाका बिषयमा अनाबश्यक बिबादमा तानिने गरेका छौ र प्राय: यस्ता विवादको लहरो हाम्रो मित्र राष्ट्रहरू संग जोडिन पुग्दछ । अर्कोतिर राष्ट्रिय सरोकारका यी बिषयमा समेत हाम्रा देशका राजनीतिक पार्टी, कर्मचारी तन्त्र र नागरिक समाजको एकै मुख नहुनु एकदमै दु:खद पाटो हो ।
कुनै पनि देशको पहिलो प्रस्थान बिन्दु त्यो देशको सुरक्षा सँग मात्र होइन राष्ट्रिय अस्मिता संग समेत जोडिएको बिषय बस्तु हो । अहिले नेपालको एउटै मात्र अन्तराष्ट्रिय बिमान स्थलको सुरक्षा जिम्माका बारेमा अनाबश्यक विवाद उठेको छ र एक खाले सम्झौता नै भयो भन्ने खालको समचार आएको छ । जुन निक्कै दुखद कुरो हो, यसको यथार्थ जानकारी नेपाली जनताले पाउनु पर्दछ । यदि कोही कतैबाट यस्तो दुष्प्रयास भएको छ भने त्यो तुरन्त रोकियोस् ।
अर्को तिर नेपालको पयार्यबाची दुई नामहरू भनेका सगरमाथा र गौतम बुद्ध हुन् । नेपालको धर्ति र ढुंगा माटोमा खेलर, हुर्केर विश्वभर शान्तिको ज्योति छर्ने गौतम बुद्धका डोबहरू अझैसम्म हाम्रो धर्तीमा प्रष्ट हँुदा हँुदै पनि जसरी आमासँग सन्तान स्वामित्वको प्रमाण मागिन्छ त्यसरी नै हामीले गौतम बुद्ध हाम्रो देशमा जन्मेका हुन् भनेर भन्दै हिड्नु परेको छ । जुन साँच्चै भन्नु पर्दा एउटी आमाले यो सन्तानको आमा म नै हुँ भन्ने प्रमाण दिनु परे जस्तै हो । त्यसै गरि नेपालको भूगोल संग जोडिएको हाम्रो पहिचान भनेको बिश्वको सर्बोच्च शिखर सगरमाथा हो, जुन हाम्रो पहिचान मात्र होइन हाम्रो लागि राष्ट्रिय मर्यादाको सूचक पनि हो । हाल मिडियामा आएको जस्तै तिम्रो सगरमाथा कति आग्लो छ म नापिदिन्छु भनेर हाम्रो मित्र राष्ट्रले हामीलाई जिस्काएको हो भने त्यो हाम्रो स्वाभिमानमा अर्को ठूलो झापड हो ।
नेपाली हामी रहुँला कहाँ नेपाल नै नरहे ‘यो राष्ट्रिय गीतले भने जस्तो देशको लागि राजनीति गर्नेहरूले राष्ट्रिय मर्यादाको ख्याल नगरिदिंदा र राष्ट्रियता प्रति पटक्कै सचेत नहुँदा देशको शिर धेरै पटक झुकेको छ । तर यो बिडम्बना दोहोरिरहेमा हाम्रो परिचय नै तल–बितल हुने स्थित नआउला भन्न सकिदैन । किनकि पछुताउनु समस्याको समाधान हुन सक्दैन। त्यसैले फेरि पनि राष्ट्रिय मर्यादाको ख्याल सबैले गरुन् किनकि नेपाली हामी रहुँला कहाँ नेपाल नै नरेह ।’

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...